मुख्य समाचार
नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ
नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ

: नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढ्न थालेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ।



१५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र संस्थापनइत्तर पक्ष गुटगत र समूहगत छलफलमा जुटेका छन्।


आज पनि नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा छलफल जारी छ। कांग्रेस स्रोतका अनुसार कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरू पनि भेलामा सहभागी छन्।



बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसहित पार्टीभित्र आन्तरिक गतिविधिबारे छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। उनका अनुसार जारी केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने र भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए। संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको भेरिफिकेसन गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउनुपर्ने सुझाव दिने तयारीसमेत गरेको बताइएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि संस्थापनइत्तर पक्षले पनि विशेष भेला आह्वान गरेको थियो। कांग्रेस नेता गुरुराज घिमिरेको नेतृत्वमा २९ असोजमा २,४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएपनि त्यसको औपचारिक जानकारी केन्द्रीय समिति बैठकको एजेन्डाका रूपमा प्रवेश भएको छैन।

यता केन्द्रीय समिति बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गर्दै आएका छन्। शनिबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नुपर्ने प्रस्तावसमेत गरेका थिए। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन्।

महाधिवेशन कार्यतालिका नल्याउने भए आफूहरू केन्द्रीय समिति बैठकमै उपस्थित नहुने महामन्त्री गगन थापा र शर्माले बताउँदै आएका छन्। महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताइरहेका छन्।

महामन्त्रीद्वयले ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् भने सभापति शेरबहादुर देउवा पक्षले वैशाखमा महाधिवेशन गर्नुपर्ने र निर्वाचन अघि सम्भव नभएको र व्यवहारीक पनि नहुने अडानमा छन्। एउटा पक्षले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका छन्। नियमित महाधिवेशन नगरे विशेष महाधिवेशन बोलाउन कार्यवाहक सभापति खड्कामाथि उनीहरूले घच्घचाइरहेका छन्।

आइतबारका लागि बोलाइएको बैठक १८ कात्तिक दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका निजी क्षेत्रका छाता संगठनहरूले जेनजी आन्दोलनपछि एकजुट भएर राष्ट्र निर्माणमा सक्रिय हुने घोषणा गरेका छन्। नेपालका निजी क्षेत्रका छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्तरूपमा पत्रकार सम्मेलन गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्न एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका हुन्। मुलुकको शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै उनीहरूले थप जिम्मवार भइ निरन्तर योगदानका ...
माधव नारायणमा भ्रष्टाचार: मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा
— कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए। पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर ...
— कांग्रेसका पूर्वपदाधिकारी तथा संस्थापन पक्षका नेता विमलेन्द्र निधिले कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टीलाई अनिर्णयको बन्दीमा बनाएको बताएका छन् । उनले आफुहरुले महामन्त्री पक्षधरहरुलाइ पार्टी कब्जा गर्न नदिने तर्क गरेका छन् । कान्तिपुरसँग कुरा गर्दै उनले पार्टी सभापती शेरबहादुर देउवाले सक्रिय राजनीतिमा नफर्किने भनेर कार्यवहाक दिइसकेकाले पार्टीमा नेतृत्व हस्तान्तरण भयसकेको तर्क पनि ...
: पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। ६९ वर्षीय युवराज राईको हत्या गरेको आरोपमा उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राई पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिश कर्णका अनुसार आइतबार घर नजिकैको करेसाबारीमा युवराज मृत अवस्थामा फेला पारेका थिए। युवराजको शरिरमा चोटपटक ...