मुख्य समाचार
अफगानिस्तानमा शक्तिशाली भूकम्प
अफगानिस्तानमा शक्तिशाली भूकम्प

: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।



तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। सोमबार बिहान करिब पाँच लाख मानिसहरू बसोबास गर्ने मजार-ए-शरीफ क्षेत्रमा भूकम्प गएको थियो।


अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार ६.३ म्याग्निच्युड भूकम्प गएको हो। यसको गहिराइ २८ किलोमिटर रहेको छ। तालिबानका प्रवक्ता हाजी जैदले बाल्ख प्रान्तको शोलगारा जिल्लामा धेरै जना घाइते भएको बताए। उनले घाइतेमध्ये धेरैजसो अग्ला भवनहरूबाट खसेर घाइते भएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका सुरक्षा निकायहरूले देशभरका पानी आपूर्ति तथा फोहोरपानी व्यवस्थापन प्रणालीलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको चेतावनी दिएका छन् । आक्रमणकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को सहायतामा कमजोर सुरक्षा भएका औद्योगिक उपकरण पहिचान गरी हमला गरिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ । अमेरिकी साइबर सुरक्षा एजेन्सी सीआईएसए, संघीय अनुसन्धान ब्युरो एफबीआई र राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएसहितका निकायले ...
। अमेरिकाको पश्चिमी अलास्कामा चार्टर विमान दुर्घटनामा परेको छ । एन्कोरेजबाट उडान भरेको विमान केप न्युएनहमनजिकै दुर्घटनामा परेको हो । संघीय अधिकारीको हवाला दिँदै समाचार एजेन्सी एपीले आठ जना सवार चार्टर विमान दुर्गम क्षेत्रमा रहेको राडार साइटनजिकै दुर्घटनामा परेको बताएको छ । नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई पाइलट र ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाले इरानविरुद्ध घोषणा गरेको तथाकथित ‘इकोनोमिक डी-डे’ को कडा आलोचना गरेका छन्। अमेरिकाको यो कदम आफ्नो आर्थिक समस्याबाट ध्यान हटाउने प्रयास भएको उनले बताएका छन्। अरागचीले सामाजिक सञ्जाल एक्समा अमेरिकाको ‘इकोनोमिक डी-डे’ आफ्नै आर्थिक संकट लुकाउने तरिका भएको लेखेका छन्। बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध ‘इकोनोमिक डी-डे’ सुरु गरेको घोषणा ...
। अमेरिकी सेनाले होर्मुजको जलमार्गमा गोप्य रूपमा एउटा जलमार्ग करिडोर स्थापना गरेको छ। यो करिडोरमार्फत दैनिक लाखौँ ब्यारेल कच्चा तेल ओसारपसार भइरहेको छ। व्यापक युद्ध गतिरोधमै रहेका बेला अमेरिकी सेनाले यो महत्त्वपूर्ण सफलता हासिल गरेको हो। अमेरिकी अधिकारीहरूले एक्सियोसलाई यो जानकारी दिएका हुन्। यो अपरेसन विगत केही हप्तादेखि सञ्चालनमा छ। ओमानको तटमा रहेको दक्षिणी च्यानलमार्फत हरेक ...
। रुसको पछिल्लो हमलामा युक्रेनको राजधानी किभमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो हमलामा परी ४० जना घाइते भएका छन्। युक्रेनका प्रधानमन्त्रीले यो जानकारी दिएका हुन् । युक्रेनले लगातार एयर डिफेन्स मिसाइलको अभाव झेलिरहेको छ। युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसका अनुसार रातभर भएका हमलामा सहरका धेरै अपार्टमेन्ट ब्लक र गोदामहरूलाई निसाना बनाइएको छ। यस हमलाबाट एउटा बालबालिकाको अस्पताल ...