मुख्य समाचार
मलेसियामा विदेशी श्रमिककाे संख्या १३ प्रतिशतले घट्यो
मलेसियामा विदेशी श्रमिककाे संख्या १३ प्रतिशतले घट्यो

— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ ।


मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा २१ लाख ३२ हजार ५७८ जना वैदेशिक कामदार वैध रूपमा कार्यरत छन् । गत वर्ष सोही अवधिमा यो संख्या २४ लाख ५२ हजार १० थियो । यस वर्ष ३ लाख १९ हजार ४३२ ले कमी आएको हो ।

अहिले सबैभन्दा बढी उद्योग क्षेत्रमा ६ लाख २२ हजार ३८८ कामदार कार्यरत छन् । त्यसपछि निर्माण क्षेत्रमा ५ लाख ८९ हजार ६८४, सेवा क्षेत्रमा ३ लाख ९० हजार ६०७, बाली/प्लान्टेसन क्षेत्रमा २ लाख ६३ हजार १३१, कृषि क्षेत्रमा १ लाख ५८ हजार ६२८, घरायसी सहयोगी (डोमेस्टिक हेल्पर) १ लाख ७ हजार ३७५ र खानी तथा ढुंगाखानी क्षेत्रमा ७६५ जना कार्यरत छन् ।

उपमन्त्री मोहम्मदले वैदेशिक श्रमिकको रोजगारीलाई लामो समयदेखि छ वटा औपचारिक क्षेत्रमा मात्र सीमित राखेको बताए । जसमा उद्योग, निर्माण, सेवा, बाली/प्लान्टेसन, कृषि, र खानी तथा ढुंगाखानी । यी क्षेत्रका उप–क्षेत्रहरू पनि सोही सीमाभित्र पर्छन् ।

मलेसियाले विदेशी श्रमिकको कोटा पनि घटाउँदै गएको छ । उसले कुल जनशक्तिको १५ प्रतिशत विदेशी श्रमिकको लागि कोटा छुट्याएको थियो । अहिले १० प्रतिशतमा झारेको छ । पछिल्लो घटेको संख्या देशगत हिसाबले सार्वजनिक गरिएको छैन ।

गत आर्थिक वर्षमा नयाँ श्रमस्वीकृति लिएर १० हजार नेपाली श्रमिक मलेसिया गएका थिए । ३८ हजार नेपाली श्रमिक पुनः श्रमस्वीकृति लिएर गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...