मुख्य समाचार
चन्द्रमा अवतरणलाई ‘नक्कली’ भनेपछि किम कार्दासियन र नासा आमनेसामने
चन्द्रमा अवतरणलाई ‘नक्कली’ भनेपछि किम कार्दासियन र नासा आमनेसामने

। सन् १९६९ मा ‘अपोलो ११’ यानले चन्द्रमामा अवतरण गरेको कुरा नक्कली रहेको बताएपछि हलिउड स्टार किम कार्दासियन र अमेरिकी अन्तरीक्ष नियोग नासा आमनेसामने भएका छन् ।

किमले हालैको आफ्नो एक भिडियोमा पुरानो ‘षड्यन्त्रको सिद्धान्त’मा विश्वास गर्दै चन्द्र अवतरण फेक रहेको बताएकी थिइन् । उनको स्टार-पावर यति बलियो भयो कि, नासाका प्रमुखले विज्ञप्ति नै जारी गर्दै कार्दासियनको अभिव्यक्तिको खण्डन गर्नुपर्‍यो ।


हुलुको लामो समयदेखि चलिरहेको पारिवारिक शो “द कार्दशियन्स“ को नयाँ एपिसोडमा, किमले अन्तरिक्ष यात्री नील आर्मस्ट्रङ र बज एल्ड्रिनको चन्द्रमा अवतरण एक काल्पनिक कुरा रहेको बताएकी छन् ।

एल्ड्रिनको अन्तर्वार्ताको अनलाइन भिडियो देखेपछि आफू यस कुरामा विश्वस्त बनाएको उनले बताएकी छिन् । उनले आफ्नो टिप्पणीलाई चन्द्रमामा अवतरण कहिल्यै भएन भन्ने अर्थमा व्याख्या गरेकी छिन् ।


सन् १९७० को दशकदेखि, शंकालुहरूले यो धारणा फैलाएका छन् कि विश्वभरका लाखौं मानिसले प्रत्यक्ष हेरेको उक्त मिसन वास्तवमा नाटकीय थियो ।

अमेरिकी यातायातमन्त्री तथा नासाका कार्यवाहक प्रशासक सीन डफीले कार्दशियनले आफ्ना ४० लाख दर्शकलाई यो विचार अँगालेको बताएपछि यसलाई खण्डन गर्न समय खेर फालेनन् । तत्कालै खण्डन गर्नुपर्‍यो ।

“हो, किम कार्दासियन । हामी पहिले पनि चन्द्रमामा गएका छौं । ६ पटक !’ डफीले बिहीबार एक्स सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे ।

उनले लेखेका छन्, ‘अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा चन्द्रमामा फर्किरहेको छ सन् २०२६ मा । आर्टेमिस दोस्रो मिसनले सन् २०२७ मा योजनाबद्ध चन्द्रमा अवतरण गर्नुअघि, चन्द्रमाको वरिपरि १० दिनको यात्रामा अन्तरिक्ष यात्रीहरूलाई पठाउने तालिका छ ।’

“हामीले अन्तिम अन्तरिक्ष दौड जित्यौं र यो पनि जित्नेछौं,“ डफीले लेखे ।

कार्दशियनले एउटा भिडियोलाई उद्धृत गरिन् जसमा ९५ वर्षकी एल्ड्रिनलाई अपोलो मिसनको क्रममा “सबैभन्दा डरलाग्दो क्षण“ कुन थियो भनेर सोधिएको थियो । आफ्नो फोनबाट पढ्दै, कार्दशियनले एल्ड्रिनलाई यसो भनिरहेको उद्धृत गरिन्, “त्यहाँ कुनै डरलाग्दो क्षण थिएन, किनकि त्यो भएन ।’

त्यसपछि रियालिटी स्टारले भनिन्, “त्यसो भए मलाई लाग्छ यो भएन ।’

रोयटर्सबाट ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...