मुख्य समाचार
सर्वोच्चको आदेशविपरीत ११ देशका राजदूत फर्काउन सरकारको पुन: पत्राचार
सर्वोच्चको आदेशविपरीत ११ देशका राजदूत फर्काउन सरकारको पुन: पत्राचार

। सरकारले सर्वोच्च अदालतको आदेश विपरीत ११ देशका राजदूतहरू फिर्ता बोलाउन पुन: पत्राचार गरेको छ ।

सर्वोच्च अदालतले आइतबारमात्रै राजदूत फिर्ताको निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको थियो । तर, परराष्ट्र मन्त्रालयले सोमबार पत्र पठाउँदै ११ वटै देशका राजदूतहरूलाई फर्कन भनेको हो ।

११ वटै देशका राजदूतहरूलाई पुन: पत्र पठाइसकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । उनीहरूलाई परराष्ट्र मन्त्रालय मातहत नै रहनेगरी काम हाजिर हुन आउन पत्राचार गरिएको हो । मन्त्रालयको नयाँ पत्रले सरकार सर्वोच्चको आदेशको बिरुद्धमा गएको देखिएको छ ।

गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले २० कात्तिकभित्र राजनीतिक नियुक्ति लिएका राजदूतहरूलाई फिर्ता आउन निर्देशन दिएको थियो ।

सरकारको यो निर्णय कानुनसम्मत नभएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो ।

यो मुद्दाको प्रारम्भिक सुनुवाइपछि नै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय कार्यान्वयन नगर्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदियो ।


१४ साउन, २०८१ मा तत्कालीन केपी शर्मा ओली सरकारले अष्ट्रेलियालगायत १७ मुलुकमा राजदूत नियुक्ति गरेको थियो । तीमध्ये ६ जनालाई भने यथावत् राखिएको थियो ।

सामान्यतया विभिन्न मुलुकमा सरकारको प्रतिनिधि भएर काम गर्ने राजदूतहरूको परिचालन र फिर्तालाई सरकारको विशेषाधिकार समेत मानिन्छ ।

उनीहरूलाई जुनसुकै बेला पनि सरकारले फिर्ता बोलाउन सक्ने मान्यता पनि छ ।

तर, चुनाव गर्ने म्याण्डेटसहित निर्माण भएको अन्तरिम सरकारले विधि र प्रकृया विनै छानी छानी राजदूत फिर्ता बोलाएको भन्दै सर्वोच्चले कार्यन्व्यन नगर्न भनेको थियो ।
सर्वोच्चको आदेशमा संसदीय सुनुवाई हन नसक्ने हुँदा तत्काल राजदूत नियुक्तिको सम्भावना नभएको भन्दै राजदूत फिर्ताको निर्णय रोक्न अन्तरिम आदेश दिएको थियो । सरकारको आदेशपछि सम्बन्धित देशमा बिदाई भेट गरी सकेका र टिकट काटेका राजदूतहरु सर्वोच्चको आदेशले अलमलमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो । विभागका अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ३३ हजार २ ...
। प्रहरीले बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवकलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरीको फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा जिल्ला सर्लाही मलंगवा गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्म जित यादवलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार, जेन-जी ...
एनबीआई अगुवाइमा निजी क्षेत्रको संयुक्त घोषणा : शान्ति, समृद्धि र युवा सशक्तीकरण
। बन्चरेडाँडा ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले सोमबार ल्यान्डफिल साइटमा बत्ती जडानका लागि पोल झारेको छ । अब पोल गाडेर बत्ती जडान गरिने छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ल्यानडफिल साइट अनुगमन र स्थानीयसँगको ...
। संघीय संसद् अन्तर्गत सांसद र संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज भएको छ । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गरेर सांसद र संसद्का पदाधिकारी अन्तर्गत रहेका प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको स्वकीय सुविधा खोसेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ...