मुख्य समाचार
नेटफ्लिक्स र यशराज फिल्म्सले विश्वभरका दर्शकलाई प्रतिष्ठित बलिउड फिल्म देखाउने कार्यका लागि साझेदारीको घोषणा
नेटफ्लिक्स र यशराज फिल्म्सले विश्वभरका दर्शकलाई प्रतिष्ठित बलिउड फिल्म देखाउने कार्यका लागि साझेदारीको घोषणा

। नेटफ्लिक्स र यशराज फिल्म्सले विश्वभरका दर्शकलाई प्रतिष्ठित बलिउड फिल्म देखाउने कार्यका लागि साझेदारीको घोषणा गरेका छन् ।

शनिबारदेखि दर्शकले नेटफ्ल्क्सिमा यशराज फिल्म्सले निर्माण गरेका फिल्म हेर्न पाएका छन् ।


यो साझेदारीले विशेष अवसर, चाडपर्व र फिल्मका विशेष क्षणमा रिलिज हुने यशराजका फिल्मको लाइनअपमा दर्शकलाई पहुँच दिन्छ । योसँगै दर्शकले आफूलाई मनपर्ने फिल्म घरमै बसेर हेर्ने मौका पाएका छन् ।

बलिउडका राजा मानिने अभिनेता शाहरुख खानको जन्मदिनको अवसरमा आइतबार दिलवाले दुल्हनिया ले जायेंगे, मोहब्बतें, दिल तो पागल है, वीरजारा, र चक दे इन्डियासहित उनका ९ अविस्मरणीय फिल्म नोभेम्बर १ मा उनको जन्मदिनको सप्ताहन्तमा रिलिज भएका छन् ।

त्यस्तै, सलमान खानका तीन ब्लकबस्टर फिल्महरू, एक था टाइगर, सुल्तान र टाइगर जिन्दा है, डिसेम्बर २७ मा सुपरस्टारको जन्मदिनको सम्झनामा स्ट्रिमिङ हुनेछन् ।

नोभेम्बर १४ देखि, यशराज फिल्म्सका क्लासिक हिट फिल्महरू, जस्तै चाँदनी, कभी कभी, विजय, लम्हे र सिलसिला रिलिज हुनेछन् । कालातीत सिनेम्याटिक अनुभव खोज्ने दर्शकका लागि उपलब्ध हुनेछन् ।

डिसेम्बर ५ मा अभिनेता रणवीर सिंह स्टारर फिल्महरू आउनेछन् । जस्तै, ब्यान्ड बाजा बारात, लेडीज भर्सेस रिकी बहल, किल दिल, बेफिक्रे र गुन्डे छन् ।

तपाईंको उत्सवको मूडका लागि उपयुक्त फिल्महरू बंटी और बबली, हम तुम, थोडा प्यार थोरै म्याजिक, मुझे दोस्ती करोगे र ता रा रम पम लगायत ३४ वटा चलचित्र छुट्टीको मौसममा स्ट्रिम हुनेछन्, ।

डिसेम्बर १२ देखि २८ सम्म दैनिक दुई चलचित्र प्रिमियर हुनेछन् । यो उत्सव सन् २०२६ सम्म चल्नेछ ।

फेब्रुअरी ७ देखि साथिया, इशकजादे, बचना ए हसीनो र सलाम नमस्ते सहित आठ प्रेम कथा रिलिज हुनेछन् । भ्यालेन्टाइन सप्ताहको संग्रह दर्शकलाई प्रेमको मौसममा आनन्द लिनको लागि रिलिज गरिनेछ ।

फ्यानहरूले यशराजका ब्लकबस्टर फ्रान्चाइजीहरू, जस्तै धूम ट्रियोलजी (नोभेम्बर २८ बाट स्ट्रिमिङ) र मर्दानी श्रृंखला (जनवरी २२, २०२६) को पनि प्रतीक्षा गर्न सक्छन् ।

यशराज फिल्म्सको स्थायी विरासत र नेटफ्लिक्ससँग यसको नयाँ अध्यायलाई प्रतिबिम्बित गर्दै कम्पनीका सीईओ अक्षय विधानीले भने, ‘५० वर्षभन्दा बढी समयदेखि, यशराज फिल्म्सले आफ्ना प्रतिष्ठित कथामार्फत भारतीय सिनेमाको हृदय र आत्मालाई आकार दिन मद्दत गर्ने भूमिका खेलेको छ ।’

‘यो उल्लेखनीय सिनेमाको विरासतलाई नेटफ्लिक्समा ल्याउँदा संसारले भारत र भारतीय सिनेमाको रंग, संगीत र जादू अनुभव गर्न पाउँछ जुन वाइआरएफले सधैं मनाउँदै आएको छ’ उनले भने, ‘यी चलचित्रले सपनाहरू परिभाषित गरेका छन्, पुस्ताहरूलाई प्रेरित गरेका छन् र भारतीय कथावाचनको मुटुको धड्कन संसारमा पुर्‍याएका छन् र हामी नेटफ्लिक्समा उनीहरूको घर भएकोमा गर्व गर्छौं ।’

उनले अघि भने, ‘हाम्रो लाइब्रेरी केवल प्रतिष्ठित चलचित्रको संग्रह मात्र होइन, यो ५ दशकको संस्कृति, रचनात्मकता र जोशको प्रवेशद्वार हो । हामी उत्साहित छौं कि यो विरासतले अब नयाँ दर्शक फेला पार्नेछ र नेटफ्लिक्समा विश्वव्यापी रूपमा नयाँ पुस्तासँग कुरा गर्नेछ ।’

नेटफ्लिक्स इन्डियाकी कन्टेन्ट उपाध्यक्ष मोनिका शेरगिलले भनिन्, ‘यो साझेदारी नेटफ्लिक्समा भारतीय सिनेमाको लागि एउटा कोसेढुङ्गा हो । लगभग एक दशकदेखि, हामी विश्वभरका दर्शकलाई खुसी पार्दै भारत उत्कृष्ट कथाको घर भएकोमा गर्व गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...