मुख्य समाचार
एन्फा प्रेसिडेन्ट लिग मकवानपुरमा हुने, विजेतालाई १० लाख
एन्फा प्रेसिडेन्ट लिग मकवानपुरमा हुने, विजेतालाई १० लाख

। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग यही कात्तिक १९ देखि मंसिर २ गतेसम्म मकवानपुरको गौरीटार रंगशाला, हेटौंडा–६ मा हुने भएको छ।

एन्फाको फुटबल विकास कार्यक्रमअन्तर्गत देशभरका जिल्ला लिग च्याम्पियन र प्रदेश लिगबाट छनोट भएका १० टिम प्रतियोगितामा सहभागी हुने छन्। टिमहरूलाई दुई समूहमा विभाजन गरी लिग–कम–नकआउट प्रारूपमा खेलाइनेछ। प्रत्येक समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।


सेमिफाइनलमा पुगेका चार टिमले यसै वर्ष हुने राष्ट्रिय लिगमा पनि सहभागिता जनाउने अवसर पाउनेछन्। प्रतियोगिताको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघ रहनेछ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख नगद पाउनेछ । त्यस्तै फेयर प्ले टिमलाई ५० हजार नगद दिइनेछ ।

सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उच्च स्कोरर र उत्कृष्ट गोलरक्षकलाई २५ हजार नगद पुरस्कार दिइनेछ । प्लेयर अफ द म्याचले ५ हजार नगद प्राप्त गर्नेछन् ।

सहभागी टिमहरूलाई ७ लाख रुपैयाँ तयारी खर्च प्रदान गरिनेछ। प्रतियोगिताको कुल बजेट १ करोड ५४ लाख ५४ हजार ४२५ रहेको एन्फाले जनाएको छ।

सहभागी क्लबहरूमा गाईघाट फुटबल क्लब (उदयपुर), जन जागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काकेविहार युथ क्लब (सुर्खेत), नव जाग्रिती क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाथली (दोलखा), र लालीगुराँस एशोसियन क्लब (कास्की) छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम