मुख्य समाचार
गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ
गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ

। गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम भएको हो ।


विभागका अनुसार भदौमा ४५ हजार ७ सय ३२ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । असोजमा ३३ हजार २ सय ६१ जनामात्र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

तर, पुन: श्रम स्वीकृति (श्रम स्वीकृति नवीकरण) गर्नेको संख्या भने भदौको तुलनामा असोजमा बढेको देखिन्छ । भदौमा २२ हजार २ सय ४० जनाले पुन: श्रम स्वीकृति लिएका थिए भने असोजमा ३१ हजार ३ सय ७३ जनाले पुन: स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ ।

जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपालीलाई भिसामा कडाइ गरेको छ । जसका कारण प्रमुख श्रम गन्तव्य यूएई जानेको संख्या कम देखिएको छ । भदौमा १९ हजार ६ सय २ जना यूएईमा वैदेशिक रोजगारीका लागि गएका थिए भने असोजमा ९ हजार ८ सय ९८ मात्र गएका छन् । भदौको तुलनामा असोजमा ९ हजार ७ सय ४ ले कमी आएको छ ।

त्यस्तै साउदी अरब जानेको संख्यासमेत घटेको छ । भदौमा ६ हजार २३ जनाले श्रम स्वीकृति लिएर गएका थिए भने असोजमा २ हजार ९ सय ८४ जनामात्र गएका छन् ।

त्यस्तै कतार जानेको संख्यासमेत भदौको तुलनामा असोजमा कमी आएको छ । मलेसिया, ओमान, कुवेत लगायत देश जानेको संख्या भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत क्रमशः निःशुल्क बनाउँदै लैजानुपर्ने बताएकी छन्। श्रम मन्त्रालयको जिम्मेवारी समेत समालेकी प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगार बोर्डको १८ औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी बनाउन आवश्यक रहेको बताइन्। ‘वैदेशिक रोजगारीलाई क्रमशः निःशुल्क बनाउँदै लैजानुपर्छ,’ उनले भनिन्, ‘वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनुपर्छ।’ प्रधानमन्त्री ...
— बैतडीको पञ्चेश्वर गाउँपालिकाका दुई वडा स्थानीय तह निर्वाचन सम्पन्न भएको आठ वर्षपछि गाउँपालिकाको केन्द्र आम्चौरासँग सडक संजालले जोडिएका छन् । दसरथ चन्द नगरपालिकासँग सीमा जोडिएका गाउँपालिकाका ५ र ६ वडा अहिलेसम्म सडक संजालले नजोडिँदा यहाँका जनतालाई पालिकाको सेवा लिन घण्टौं हिँडेर जानुपर्ने बाध्यता थियो । बुढापाकालाई सामाजिक सुरक्षा भत्ता र अन्य सेवा लिन बोकेर ल्याउनु ...
राजनीतिक दलका नेता र नागरिक समाजका अगुवासँग जेनजी अलायन्सको छलफल
: सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सरकारले आफूलाई गैरकानुनीरुपमा पदबाट हटाएको भन्दै उनले पुनर्बहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जेनजी आन्दोलनपछि कुलमान घिसिङ ऊर्जामन्त्री ...
— जनकपुर–ढल्केवर सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले प्रदर्शन गरेका छन् । मंगलबार रामानन्द चोकस्थित ‘सिक्स–लेन’ सडक अवरुद्ध गरेर स्वास्थ्यकर्मीले तेस्रो दिन पनि आन्दोलन जारी राखेका हुन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसारको तलब पाउनुपर्ने माग गर्दै निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आन्दोलन गर्दै आएका छन् । श्रमशोषणमा परेको भन्दै उनीहरूले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको तलबअनुसार पाउनुपर्ने, स्वास्थ्यकर्मीको ...