मुख्य समाचार
नेपालीका कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुसमा पार्टीको १५औं महाधिवेशन गर्न प्रस्ताव
नेपालीका कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुसमा पार्टीको १५औं महाधिवेशन गर्न प्रस्ताव

: नेपालीका कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुसमा पार्टीको १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।



उनले विधानको धारा १४ र २१ बमोजिम महाधिवेशन गर्ने प्रस्ताव गरे। त्यसअघि केन्द्रीय समिति बैठकबाट महाधिवेशनका लागि निर्वाचन समितिको गठन गर्नुपर्ने उनको जिकिर छ।


त्यस्तै विधान संशोधन समितिको गठनसँगै मंसिर १० गतेसम्म नयाँ सदस्यता वितरण र नवीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यस्तै नयाँ सदस्यता वितरणका सम्बन्धमा प्रारम्भिक छानबिन मंसिर १३ गतेसम्म, नयाँ सदस्यता र नवीकरणका विषयमा मंसिर २० गतेसम्म टुंग्याउने, मंसिर २४ गतेसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय समितिलाई बुझाउने, मंसिर २७ देखि वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ।



त्यस्तै पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चय र एकमात्र क्षेत्र भएको जिल्लाको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै मंसिर मसान्तभित्र नेपाली जनसम्पर्क समितिको अधिवेशन गर्नुपर्ने महामन्त्रीले प्रस्ताव गरे।

विशेष महाधिवेशनको सवालमा उनले भनेका छन्, 'अहिले विशेष र असामान्य परिस्थिति भएको हुँदा महाधिवेशनको विकल्प नरहेकाले माथि प्रस्ताव गरेका सबै विकल्प र कार्यतालिकामा उल्लेखित समयभित्र विधानको धारा १७ (१) बमोजिम नियमित १५औं महाधिवेशन नगर्ने हो भने हाम्रा लागि विशेष केन्द्रीय महाधिवेशन निर्विकल्प बाटो हुन्छ। विशेष केन्द्रीय महाधिवेशनको माग गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमितिमा निवेदन दिइसकेको अबस्था समेत छ। यही केन्द्रीय कार्यसमितिको बैठकबाट विधानको धारा १७(२) मा भएको व्यवस्था अनुसार २०८२ मंसिर मसान्तभित्र विशेष केन्द्रीय महाधिवेशनको गर्ने निर्णय गर्नुपर्छ।'

त्यस्तै संस्थापन पक्षले वैशाखको अन्तिम साता महाधिवेशन हुनुपर्ने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: डेडिकेटेड तथा ट्रंकलाइन विवादमा मध्यमार्गी बाटो अपनाउन सरकार तयार भएको छ। नेपाल विद्युत् प्राधिकरणले विवादित विषयमा बक्यौता नतिर्ने २५ उद्योगको लाइन काटेपछि यसको समाधानको पहल सुरु भएको हो। सोमबार भएको प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च सरकारी अधिकारी र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको उच्चस्तरीय छलफलमा डेडिकेटेड फिडर र ट्रंकलाइनको शुल्कसम्बन्धी विवादको मध्यमार्गी प्रस्ताव आएको थियो। छलफलमा ...
— नेपाल सरकारले मलेसियाबाट स्रोत देशका म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड (अनिवार्य सर्त) स्वीकार गरी कार्यन्वयन गर्न नसिकने भन्दै मंगलबार कुटनीतिक पत्र पठाएको छ । मलेसियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित ५ वटा देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेर पत्राचार गरेको थियो ...
: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने उल्लेख गरेका हुन्। उनले कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न नमिल्ने बताए। उनले अधिवेशन ...
— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छिन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोस्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् । 'आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ,' उनले ...
: नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै उनले प्रचण्डले पार्टी बैठक नभएर पुराण लगाउन लागेको बताएका हुन्। ‘सिङ्गो आन्दोलन, नीति, कार्यक्रम, सिद्धान्त, विचार र जनताको भवनको आधारमा ...