मुख्य समाचार
‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा 'ड्रिभन बाई' पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले सहकार्य गर्ने
‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा 'ड्रिभन बाई' पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले सहकार्य गर्ने

— ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को सिजन २ मा 'ड्रिभन बाई' पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले सहकार्य गर्ने भएको छ । ओमोडा एन्ड जेइकोले एनपीएल सिजन २ को 'म्यान अफ द टुर्नामेन्ट' लाई आफ्नो ब्रान्डको एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ ।


यसअघि एनपीएलको सिजन १ मा पनि ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाई’ सह-प्रायोजकको रूपमा सहकार्य गरेको थियो ।

ओमोडा एन्ड जेइको र नेपाल प्रिमियर लिग दुवैले ‘उत्कृष्ट पर्फमेन्स, लगाव तथा इनोभेसन’को दृष्टिकोणलाई बढावा दिने भएकोले यो सहकार्य त्यही साझा दृष्टिकोणस्वरूप भएको हो ।

ओमोडा एन्ड जेइको ब्रान्डहरूले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले बताए । 'जुन नेपाली क्रिकेट तथा नेपाली क्रिकेटप्रेमीहरूसँग स्वाभाविक रूपमा जोडिन्छ,' उनले भने, 'यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको उत्साहजनक मोह र ऊर्जालाई बढावा दिँदै, नेपाली युवाहरूलाई खेलसँग निरन्तर जोडिन प्रोत्साहित गर्न चाहन्छौँ ।'

एनपीएल सिजन २ का ‘ड्रिभन बाई’ पार्टनरका रूपमा, ओमोडा एन्ड जेइकोले उत्साहजनक ब्रान्ड गतिविधिहरू, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शनहरूमार्फत दर्शकहरूको अनुभवलाई अझ रोचक बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम