मुख्य समाचार
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलहरू पुनः सञ्चालन हुने
एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलहरू पुनः सञ्चालन हुने

: एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेलहरू पुनः सञ्चालन हुने भएको छ। कात्तिक २६ गते देखि २९ गतेसम्म बाँकी रहेको ७ खेल काठमाडौंमा हुने आयोजक इन्फिनीटी ड्रिम्सले जानकारी दिएको छ।

मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै खेलको संधोधित तालिका छिट्टै सार्वजनिक गरिने जनाएको छ।


१६ मध्ये ९ खेल पोखरा कर्भड हलमा भएको थियो। भदौ २३ र २४ मा भएको देशव्यापी जेन्जी आन्दोलन पश्चात लिग पुन: सञ्चालन हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ। मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो। यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ। सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो। गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स ...
— इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा लाजियोलाई २–० ले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सानसिरोमा भएको खेलमा लउटारो मार्टिनेज र एन्गे–योन बोनीले एक-एक गोल गरे । यो जितपछि इन्टरको ११ खेलबाट २४ अंक भएको छ । एएस रोमाको पनि समान २४ अंक छ र अहिलेका लागि गोल अन्तरले दोस्रो ...
— रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेल्टा भिगोलाई ४–२ ले हराएको छ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी तीन अंकमा छोट्याएको छ । अर्को खेलमा रियलले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनालाई फाइदा पुगेको हो । रियलको १२ खेलबाट ३१ अंक छ भने बार्सिलोनाका त्यत्तिकै खेलबाट २८ अंक भएको छ । बालाडोसमा ...
: अन्तर्राष्ट्रिय क्रिकेटका निकै अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। मंसिर १ देखि सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको हो। ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षे ...
: हङकङमा सम्पन्न भएको हङकङ सिक्सेस २०२५ को सर्वाधिक रनकर्ता र सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका दुई खेलाडी परेका छन्। नेपालका ओपनर ब्याटर सन्दीप जोरा प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेका छन्। उनले ५ खेलमा १ अर्धशतकसहित १७६ रन बनाएका छन्। त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका बलर रासिद खान रहेका छन्। उनले ५ खेलमा ९ ...