मुख्य समाचार
पाकिस्तानले गाजामा सेना पठाउने चर्चा
पाकिस्तानले गाजामा सेना पठाउने चर्चा

: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए।



शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र शान्तिको लागि सुरक्षा बल उपलब्ध गराउन अरब देशहरू र सहयोगीहरूलाई अपील गरेको छ।


यी देशहरूले जोर्डन र इजिप्टसँग परामर्श गरेर गाजामा प्यालेस्टिनी प्रहरीलाई तालिम र सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाले क्युबाली नेता एवं पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध अमेरिकी नागरिकहरूको हत्या षड्यन्त्र र अन्य अपराधको अभियोग लगाएको छ। बुधबार सार्वजनिक गरिएको मुद्दामा क्यास्ट्रोसहित पाँच जनामाथि सन् १९९६ मा क्युबा र फ्लोरिडाबीच उडिरहेका दुई विमान खसालिएको घटनामा तीन अमेरिकीसहित चार जनाको मृत्यु भएको आरोप लगाइएको छ। ९४ वर्षका क्यास्ट्रो त्यतिबेला क्युबाको सशस्त्र बलका प्रमुख थिए। क्युबाका राष्ट्रपति मिगेल डियाज–कानेलले ...
— ब्रिटेनस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन लयड्स लिस्ट का अनुसार हर्मुज जलमार्गबाट जहाजहरूको आवत–जावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै यो वृद्धि देखिएको हो, यद्यपि संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धहरू अझै कायम छन् । प्रतिवेदनका अनुसार मे ११ देखि मे १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा ...
। बेलायतस्थित समुद्री व्यापार क्षेत्रको प्रतिष्ठित प्रकाशन ‘लोयड्स लिस्ट’ का अनुसार होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत गत हप्ता उल्लेखनीय रूपमा वृद्धि भएको छ । अमेरिकाले इरानमाथि लगाएका प्रतिबन्धहरू कायमै रहे पनि इरानसँग सम्बन्धित व्यापार गतिविधि बढेसँगै जलसन्धिमा जहाजको चाप देखिएको हो । प्रतिवेदनका अनुसार मे ११ देखि १७ सम्मको एक हप्ताको अवधिमा कम्तीमा ५४ वटा जहाजले होर्मुज ...
। चिनियाँ प्रधानमन्त्री ली कियाङले रुससँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार, बुधबार दिउँसो ‘ग्रेट हल अफ द पिपुल’ मा राष्ट्रपति पुटिनसँगको भेटमा प्रधानमन्त्री ली कियाङले दुवै राष्ट्रप्रमुखहरूको रणनीतिक मार्गदर्शन पछ्याउन, राजनीतिक पारस्परिक विश्वासलाई अझ गहिरो बनाउन, आपसी समर्थन बढाउन र बदलिँदो परिस्थितिमा पनि स्थिर रहन रुससँग ...
। विश्वका नेताहरूबीचको सम्बन्धलाई चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनको जस्तो व्यक्तिगत रूपमा विरलै मात्र चित्रण गर्ने गरिएको छ। आखिर कसरी बन्यो यस्तो सम्बन्ध ? यसको रहस्य खोतल्न उनीहरूका मेहनतका धेरै लामो शृङ्खला पछ्याउनुपर्छ । यसबीचमा धेरै भ्रमण र अनौपचारिक कार्यक्रमहरूबाट मात्र होइन, सी र पुटिनले अनौपचारिक सहकार्यका लागि धेरै समय सँगै ...