मुख्य समाचार
उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्
उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्

: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले उत्पादित विद्युत देशभित्रै खपत गर्न माग पक्ष सुधारलाई उच्च प्राथमिकतामा राखेर काम भइरहेको बताएका छन्।



वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न चार्जिङ स्टेसनको स्थापना, इन्डक्सन चुलोको प्रयोगलगायतलाई प्रोत्साहन गरिएको उल्लेख गरे।


अहिले मुख्य रुपमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत भारत तथा बंगलादेशतर्फ निर्यात गरिएपनि पहिलो प्राथमिकता देशभित्रै खपत बढाउने भएको उनले बताए । यसका लागि चार्जिङ पूर्वाधारको विस्तार, खाना पकाउन प्रयोग भइरहेको काठदाउरा, ग्याँसलाई विद्युतीय चुलोले प्रतिस्थापना लगायतका काम गरी विद्युत् माग वृद्धि गर्न सकिने घिसिङले बताए।



उनले ऊर्जा दक्षता, ऊर्जा, रुपान्तरण र विद्युत्को आन्तरिक माग बढाउन कार्ययोजनासहित काम अगाडि बढाएको जानकारी दिए। मन्त्री घिसिङले वायु उर्जामा नीजि लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सहयोग गर्न विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गर्न तयार रहेको उल्लेख गरे।

सौर्य ऊर्जालाई ग्रिडमा आवद्ध गर्ने र भण्डारण गर्न सरकारको नीति रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम