मुख्य समाचार
विशेष महाधिवेशन माग्दै थापागाउँमा कांग्रेस नेताहरूको विशेष भेला
विशेष महाधिवेशन माग्दै थापागाउँमा कांग्रेस नेताहरूको विशेष भेला

— विशेष महाधिवेशन माग राखेर हस्ताक्षर गर्ने नेताहरूले पार्टी नेतृत्वलाई निर्वाचनअगाडि नै विशेष महाधिवेशनको निर्णय लिन आह्वान गरेका छन् ।


नेतृत्व र नीति परिवर्तन नगरी निर्वाचनमा जान नसकिने भन्दै उनीहरूले अब नियमित महाधिवेशन नभएर विशेष महाधिवेशन बोलाउनुपर्ने बताएका छन् ।

थापागाउँस्थित एक ब्यांक्वेटमा आयोजना गरिएको संस्थापन इतरपक्षको महाधिवेशन प्रतिनिधिको भेलामा बोल्ने अधिकांश नेताहरूले कुनै पनि बहानामा विशेष महाधिवेशन टार्न नमिल्ने बताएका छन् ।

मंगलबारबारको केन्द्रीय कार्यसमिति बैठकमा भने महामन्त्री गगन थापाले पुस १६ र १७ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका प्रस्तुत गरेका छन् ।
महामन्त्रीको प्रस्तावित कार्यतालिकालाई सहमतिको नभएर व्यक्तिगत रहेको भन्दै संस्थापन पक्षले पनि छुट्टै कार्यतालिका प्रस्तुत गरेको छ । महामन्त्री थापाले बोल्नसाथ संस्थापन पक्षबाट सहमहामन्त्री महेन्द्रराय यादवले वैशाख २७–३० को कार्यतालिका प्रस्तुत गरेका हुन् ।

केन्द्रीय कार्यसमितिमा निर्वाचन अगाडि कि पछाडि भन्ने विवाद बढिरहेका बेला यता संस्थापनइतरपक्षका महाधिवेशन प्रतिनिधिको भेलाले भने तत्काल विशेष महाधिवेशनको तिथि तोक्ने दबाव दिएका हुन् ।

काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधिको भेला बोलाइए पनि देशभरबाट महाधिवेशन प्रतिनिधि जम्मा भएका थिए । विशेष महाधिवेशनको अगुवाइ गर्ने नेता देवराज चालिसेका अनुसार काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधिको भेलामा करिब एक हजारको सहभागिता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।