मुख्य समाचार
पाङबारी हिमालमा पाँचदिनदेखि बेपत्ता दुई इटालियन नागरिकको पाँच दिनपछि शव फेला
पाङबारी हिमालमा पाँचदिनदेखि बेपत्ता दुई इटालियन नागरिकको पाँच दिनपछि शव फेला

: गोरखाको चुमनुब्री- १ स्थित पाङबारी हिमालमा पाँचदिनदेखि बेपत्ता दुई इटालियन नागरिकको पाँच दिनपछि शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनीहरू हिउँले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाको सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले बताए । मृतक आरोहीहरूको शव हेलीमार्फत् सामागाउँ ल्याइ राखिएको श्रेष्ठले बताए ।


७००५ मिटर अग्लो पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन र एक नेपाली सहयोगी गत हप्ताको बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए ।



इटालीका ६५ वर्षीय भेल्टर पेरलिनो आधार शिविरमा र ६७ वर्षीय स्तेफानो फरीनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो सो हिमालको पहिलो शिविरमा फसेको प्रहरीको भनाइ छ । हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा हिमपातले बाटो अवरुद्ध भएर उनीहरू फसेका थिए ।

५००० मिटर उचाइमा अवस्थित पाङबारी हिमालको बेसक्याम्पमा फसेका ६५ वर्षका भेल्टर परलिनोको भने आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनको साथमा बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौं पठाएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...