मुख्य समाचार
जनार्दन शर्मा र राम कार्कीले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा
जनार्दन शर्मा र राम कार्कीले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा

— माओवादी नेताहरू जनार्दन शर्मा र राम कार्कीले ‘प्रगतिशील अभियान, नेपाल’ घोषणा गरेका छन् । उनीहरूले मंगलबार पत्रकार सम्मेलन गरी ‘विद्रोह गर्नु अधिकार’ भएको भन्दै एकीकृत समाजवादी आन्दोलन अघि बढाउने बताएका छन् ।


उनीहरूले नेपाली विशेषताको समाजवाद निर्माणका लागि अभियान सुरु गरेको जनाएका छन् । ‘सुधारको योजना बोकेर नयाँ पुस्तालाई अघि बढाउने योजना छ,’ शर्माले भने ।

Sharma and Karki announce socialist programकार्कीले समाजवादी अभियानमा सहभागी हुन आग्रह गरे । माओवादीको पद त्यागेर नयाँ अभियान सुरु गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित बनाउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आर्थिक कारोबार नगद रहित बनाउने राष्ट्र पति रामचन्द्र पौडेलले घोषणा गरेका हुन् । पौडेलका अनुसार आगामी आर्थिक वर्षमा आर्थिक कारोबार नगद रहित र पारदर्शी बनाइनेछ ।
। मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ । आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । ५ सय दरको ४० बण्डल उल्लेखित भारतीय रुपैयाँ सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै ...
। सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट डीआईजी (नायव महानिरीक्षक) बढुवा भएका ६ सशस्त्र प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा एक कार्यक्रमकाबीच बढुवा भएका ६ अधिकृतलाई सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरे । दर्ज्यानी चिह्न प्राप्त गर्नेहरूमा दिग्विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लामो राजनीतिक सम्वाद गरेकी छन् । हिजो दिउँसो १ बजे गुन्डु पुगेकी भण्डारीले दुई घण्टा बढी सम्वाद गरेकी छन् । स्रोतका अनुसार स्वास्थ्य अवस्था बुझ्न भनेर गुन्डु पुगेकी भण्डारीले ओलीसँग एमालेको आन्तरिक राजनीतिबारे सुझाव समेत दिएकी छन् । ‘पदाधिकारीदेखि तल कार्यकर्तासम्मले निर्वाचनको समीक्षा बैठक राख्न माग राखिरहेको ...
। सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने । त्यस्तै ...