मुख्य समाचार
एक महिनामा २ हजार ७५७ सवारी दुर्घटना : २४७ जनाको मृत्यु, ८४८ गम्भीर घाइते
एक महिनामा २ हजार ७५७ सवारी दुर्घटना : २४७ जनाको मृत्यु, ८४८ गम्भीर घाइते

: गत असोज महिनामा मात्रै ३ हजार ९४७ वटा सवारी साधन दुर्घटनामा परेका छन्। कूल २ हजार ७५७ वटा दुर्घटनामा यति धेरै सवारी साधन परेका हुन्। ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन्। ८४८ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन्।



मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन्। यसैगरी गम्भीर घाइते हुनेमा ५५६ पुरूष, १७१ महिला, ७९ बालक र ४२ बालिका छन्। २ हजार ६०० जना पुरूष, ९२३ महिला, २८८ बालक र २२५ बालिकाहरू साधारण घाइते भएका छन्।


दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार एक महिनामा कूल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै २ हजार ४६७ रहेका छन्। यो कूल दुर्घटनाको ६२.५० प्रतिशतले हो।



त्यसपछि बस ,जिप,कार,माइक्रो दुर्घटना भएका छन्। बस ३.१५ प्रतिशत, जिप, कार माइक्रो १४.०५ प्रतिशत दुर्घटना भएका छन्। यसैगरी ट्यांकर १.६५ प्रतिशत, टेम्पो ८.२३ प्रतिशत, डोजर, लोडर र स्काभेटर ०.१३ प्रतिशत दुर्घटना भएको पाइएको छ।

सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन्। त्यसपछि चालकको असक्षमता, मापसे, हतारमा बाटो काट्नु र अनावश्यक ओभरटेक गर्दा दुर्घटना भएका छन्।

चालकको असक्षमताले २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेकबाट ५४ वटा दुर्घटना भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...