मुख्य समाचार
एक महिनामा २ हजार ७५७ सवारी दुर्घटना : २४७ जनाको मृत्यु, ८४८ गम्भीर घाइते
एक महिनामा २ हजार ७५७ सवारी दुर्घटना : २४७ जनाको मृत्यु, ८४८ गम्भीर घाइते

: गत असोज महिनामा मात्रै ३ हजार ९४७ वटा सवारी साधन दुर्घटनामा परेका छन्। कूल २ हजार ७५७ वटा दुर्घटनामा यति धेरै सवारी साधन परेका हुन्। ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन्। ८४८ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन्।



मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन्। यसैगरी गम्भीर घाइते हुनेमा ५५६ पुरूष, १७१ महिला, ७९ बालक र ४२ बालिका छन्। २ हजार ६०० जना पुरूष, ९२३ महिला, २८८ बालक र २२५ बालिकाहरू साधारण घाइते भएका छन्।


दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार एक महिनामा कूल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै २ हजार ४६७ रहेका छन्। यो कूल दुर्घटनाको ६२.५० प्रतिशतले हो।



त्यसपछि बस ,जिप,कार,माइक्रो दुर्घटना भएका छन्। बस ३.१५ प्रतिशत, जिप, कार माइक्रो १४.०५ प्रतिशत दुर्घटना भएका छन्। यसैगरी ट्यांकर १.६५ प्रतिशत, टेम्पो ८.२३ प्रतिशत, डोजर, लोडर र स्काभेटर ०.१३ प्रतिशत दुर्घटना भएको पाइएको छ।

सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन्। त्यसपछि चालकको असक्षमता, मापसे, हतारमा बाटो काट्नु र अनावश्यक ओभरटेक गर्दा दुर्घटना भएका छन्।

चालकको असक्षमताले २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेकबाट ५४ वटा दुर्घटना भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेला’ मा उनले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘हाम्रा साथीहरू कुनै पनि खालको आर्थिक अपचलनमा लाग्नु भएको छ भन्ने कुरा तथ्य प्रमणसहित प्राप्त भयो भने ...
। धनकुटाको मदन चोकबाट सुनको गहना चोरी गरी फरार भएको आरोपमा तीन जना पक्राउ परेका छन् । धनकुटाको सहिदभूमि गाउँपालिका-१ की ४० वर्षकी विष्णुमाया राईको सुनको गहना चोरेर फरार भएका आरोपमा धरानबाट तीन जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका-६ का ३० वर्षका धनबहादुर ...
। सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ । त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी आर्थिक वर्षको ...
। एकान्तकुनामा यात्रुलाई मुक्का हान्ने एक सहचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा ५ ख ६८४० नम्बरको यात्रुबाहक बसका सहचालक भोजपुरको साल्पासिलिचो गाउँपालिका–४ घर भएका २६ वर्षीय कुशाङ्ग शेर्पा छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले शेर्पालाई पक्राउ गरिएको पुष्टि गरे । सुकेधारा बस्दै आएका उनलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला प्रहरी ...
। सर्वाेच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्‍याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले लघुवित्त विरुद्ध गतिविधि रोक्न सरकार तथा मातहत निकाय सक्रिय हुन आदेश दिएको हो । विराटनगरका अधिवक्ता सदिन कार्कीसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त ...