मुख्य समाचार
सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन्
सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन्

: नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै उनले प्रचण्डले पार्टी बैठक नभएर पुराण लगाउन लागेको बताएका हुन्।



‘सिङ्गो आन्दोलन, नीति, कार्यक्रम, सिद्धान्त, विचार र जनताको भवनको आधारमा नभए व्यक्तिहरूको स्वार्थ पूरा गर्न स्वार्थ समूहले गराइदिएको एकता हो यो,’ उनले भने।


संयोजक प्रचण्ड अहिलेको देश अवस्था र जनताको मागको आधारमा आफूलाई रुपान्तरण गर्ने बाटोमा नगएको नेता किरातीले बताए। उनले भने, ‘जनता भावना विपरीत गएर पार्टी एकता गरेर प्रचण्डले अंहकार प्रस्तुत गर्दैछन्।’



अन्नपूर्णसँग कुराकानी गर्दै उनले माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने तयारी भइरहेको संकेत गरे। नेता जनार्दन शर्मासँग मिलेर माओवादीलाई पुनर्गठन गर्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने,‘हामीले कम्युनिस्टको नाममा एउटा पसल खोल्न लागेको होइनौं। हामीले अर्को बरमझियाको बुढो बाजेको पेडा पसल खोल्न लागेको होइन। नेपालको सारा समस्या र प्रगतिशील आन्दोलनलाई संगठित गर्ने राष्ट्रिय अभियान सुरु गर्न लागेका छौं।’

माओवादी पार्टीको मर्म, कार्यकर्ता सपना र विचारलाइ ढल्न नदिने उनले बताए। नेता जनार्दन शर्माले प्रचण्डसँग बिदाइ भेट गरिसकेको उनले बताए। उनले भने,‘प्रचण्डजी माओवादी आन्दोलन तुहाएर बिसर्जनको बाटोमा जानुभयो। प्रचण्डलाई हामीले डाइनामिक लिडर भनेर भन्थ्यौं, आज उहाँ डाइनिजम पिँध नभएको लोटामा बदलियो। प्रचण्डलाई जनताले विश्वास गर्न छोड्यो।’

विचार, एजेन्डा मिल्ने वामपन्थी शक्तिसँग एकता गर्ने ढाका खुला गरेर प्रचण्ड जस्ता पुराना नेतालाई जनताको साथ लिएर मतपत्रबाट पाखा लगाउने उनले चेतावनी दिए।

नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच भएको एकता सहमति अनुमोदनका लागि नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक बोलाएको छ। आज दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।