मुख्य समाचार
सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन्
सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन्

: नेकपा माओवादी केन्द्र नेता सुदन किरातीले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड )ले स्वार्थ समूहको गठजोड बनाएको टिप्पणी गरेका छन् । आज दिउँसो १ बजे हुन लागेको पार्टी बैठक बहिष्कार गर्ने घोषणा गर्दै उनले प्रचण्डले पार्टी बैठक नभएर पुराण लगाउन लागेको बताएका हुन्।



‘सिङ्गो आन्दोलन, नीति, कार्यक्रम, सिद्धान्त, विचार र जनताको भवनको आधारमा नभए व्यक्तिहरूको स्वार्थ पूरा गर्न स्वार्थ समूहले गराइदिएको एकता हो यो,’ उनले भने।


संयोजक प्रचण्ड अहिलेको देश अवस्था र जनताको मागको आधारमा आफूलाई रुपान्तरण गर्ने बाटोमा नगएको नेता किरातीले बताए। उनले भने, ‘जनता भावना विपरीत गएर पार्टी एकता गरेर प्रचण्डले अंहकार प्रस्तुत गर्दैछन्।’



अन्नपूर्णसँग कुराकानी गर्दै उनले माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने तयारी भइरहेको संकेत गरे। नेता जनार्दन शर्मासँग मिलेर माओवादीलाई पुनर्गठन गर्न लाग्नु भएको हो ? भन्ने प्रश्नमा उनले भने,‘हामीले कम्युनिस्टको नाममा एउटा पसल खोल्न लागेको होइनौं। हामीले अर्को बरमझियाको बुढो बाजेको पेडा पसल खोल्न लागेको होइन। नेपालको सारा समस्या र प्रगतिशील आन्दोलनलाई संगठित गर्ने राष्ट्रिय अभियान सुरु गर्न लागेका छौं।’

माओवादी पार्टीको मर्म, कार्यकर्ता सपना र विचारलाइ ढल्न नदिने उनले बताए। नेता जनार्दन शर्माले प्रचण्डसँग बिदाइ भेट गरिसकेको उनले बताए। उनले भने,‘प्रचण्डजी माओवादी आन्दोलन तुहाएर बिसर्जनको बाटोमा जानुभयो। प्रचण्डलाई हामीले डाइनामिक लिडर भनेर भन्थ्यौं, आज उहाँ डाइनिजम पिँध नभएको लोटामा बदलियो। प्रचण्डलाई जनताले विश्वास गर्न छोड्यो।’

विचार, एजेन्डा मिल्ने वामपन्थी शक्तिसँग एकता गर्ने ढाका खुला गरेर प्रचण्ड जस्ता पुराना नेतालाई जनताको साथ लिएर मतपत्रबाट पाखा लगाउने उनले चेतावनी दिए।

नेकपा एकीकृत समाजवादीसहित ८ दलबिच भएको एकता सहमति अनुमोदनका लागि नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक बोलाएको छ। आज दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा बैठक बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...