मुख्य समाचार
विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड
विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड

— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छिन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोस्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्धित निकायलाई चुनावको वातावरण बनाउनेतर्फ लाग्न सुझाव दिइन् ।


'आगामी निर्वाचनलाई हिंसामुक्त र व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ । प्रहरीका हराएका हतियार खोजतलास गरी सुरक्षाकर्मीले नियन्त्रणमा लिनुपर्छ,' उनले भनिन् ।
जेन–जी आन्दोलनपछि भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गर्दा नागरिकतासहितका कागजात जलेपछि पूर्वराष्ट्रपति भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले उनलाई नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् ।

प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयमा पनि क्षति भएको थियो । उक्त कार्यालयले पुनर्निर्माणसँगै नियमित सेवा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्धारित समयमै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकाले अब नेपालमा आर्थिक स्थायित्वसँगै आर्थिक सुधारले गति लिने नेपालको सार्वभौम साख मूल्यांकन गरेको एजेन्सी ‘फिच रेटिङ’ ले जनाएको छ । दोस्रो वर्ष रेटिङका क्रममा गत मंसिरमा स्थलगत मूल्यांकनका लागि नेपाल आएको फिचको टोलीले तोकिएको समय अर्थात् २१ फागुनमै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको थियो । स्थलगत मूल्यांकनका क्रममा फिचको ...
— निर्वाचन सम्पन्न भएपछि विदाइ भएर घर फर्कने बेला एक निर्वाचन प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । निर्वाचन प्रहरीमा काम गरेको प्रमाण पत्र बुझेर घर फर्किने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका प्रकाश धामीको उपचारका क्रममा मृत्यु भएको हो । लेकम गाउँपालिका–२ का धामी ४० दिनको निर्वाचन सुरक्षा कार्य सम्पन्न गरी बिहीबार प्रमाणपत्र बुझेर घर फर्किने ...
— सामान्य वर्षा हुनासाथ आएको बाढीले फेमे खोलाको डाइभर्सन बगाउँदा फिदिम फालौट सडक खण्डमा यातायात र ढुवानीका साधन आउजाउ बन्द भएको छ । बिहीबार साँझ पानी पर्नासाथ आएको बाढीले डाइभर्सनका लागि राखिएका हृयुम पाइप बगाएको थियो। हृयुमपाइप एकसय मिटर तलसम्म बगाएर लगेकाले सवारी र ढुवानीका साधन आउजाउ ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सदरमुकाम ...
— बेदकोट नगरपालिका–७ लालपुर चौराह नजिकै बिहीबार दुर्घटनामा परेर ज्यान गुमाएका आफन्तले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । उनीहरुले उचित क्षतिपुर्ती र दोषीमाथि कारवाहीको माग राख्दै शुक्रबार अत्तरिया-महेनद्रनगर खण्ड बिहानैदेखि सडक बन्द गराएका हुन् । मृतकका आफन्तहरुले बिहानैदेखि सडकमा जम्मा भएर यातायात पूर्णरुपमा बन्द गराएका छन् । घटना शंकास्पद भएको भन्दै उनीहरुले सत्यतथ्य छानबिनको समेत ...
— जिल्लाको सहिदभूमि गाउँपालिकास्थित थलथले बजारमा बिहीबार अनुगमन गरिँदा म्याद गुज्रिएका खाद्यान्न सामग्री फेला परेपछि जफत गरी नष्ट गरिएको छ । बजार क्षेत्रका किराना तथा खुद्रा पसलको अनुगमन गरी म्याद गुज्रिएका खाद्यान्न जफत गरी नष्ट गरिएको हो । बजार अनुगमन घरेलु तथा साना उद्योग कार्यालयको अयोजनामा जिल्ला प्रशासन कार्यालय धनकुटा, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य ...