मुख्य समाचार
कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताए
कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताए

: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले कांग्रेस आफ्नो जिम्मेवारपूर्ण इतिहासको निरन्तरताबाट बाहिरिन नमिल्ने उल्लेख गरेका हुन्।



उनले कांग्रेसले राष्ट्रिय मुद्दाको नेतृत्व गर्न अग्रसरता पनि नदेखाउन र आफ्नो अधिवेशन पनि गर्न सकिँदैन भन्न नमिल्ने बताए। उनले अधिवेशन नियमित प्रक्रिया भएको टिप्पणी गरे। ‘एकातिर— काँग्रेसको सबैभन्दा शक्तिशाली निकायले बहुमतको हस्ताक्षरसहित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पार्टीमा बुझाइसकेको छ। जबकी, अधिवेशन नियमित प्रक्रिया हो । साथै पार्टीको जीवन्तता ।’ भण्डारीले थपे, ‘अर्कोतर्फ तत्कालीन सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारीमा छ। बजारमा तर्क र विचार बिक्छ, तर बिक्दैन - सकिँदैन भन्ने मात्र तर्क ।’


कांग्रेसले आफू भित्रको द्वन्द्व बाहिर ल्याउँदा जनतामा निराशा र देशमा अन्यौलता बढाउँने तर्क गरे। भण्डारीले भने, ‘यो समय देशमा देखा परेका राष्ट्रिय समस्याहरू समाधानमा केन्द्रीत हुने समय हो। यस्तो संवेदनशील घडीमा अनुभव, जिम्मेवार र परिपक्व निर्णय अत्यावश्यक हुन्छ ।’



नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा विवाद बढिरहेको छ। कांग्रेसका नेताहरुबिच महाधिवेशनको विषयमा सहमति जुट्न नसक्दा कांग्रेसको दोस्रो पटक आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित भएको छ। १५ औं महाधिवेशनको मितिबारे कांग्रेसमा विवाद बढ्दा शुक्रबार पनि बैठक बस्दै नबसी आइतबारका लागि बैठक तय गरिएको थियो। विवाद बढ्दै जाँदा संस्थापन पक्ष र संस्थापनइत्तर पक्ष गुटगत र समूहगत छलफलमा जुटेका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन माग गरेर बुझाइएको हस्ताक्षर एजेन्डा नबनेपछि संस्थापनइत्तर पक्षले पनि विशेष भेला आह्वान गरेको थियो। कांग्रेस नेता गुरुराज घिमिरेको नेतृत्वमा २९ असोजमा २,४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएपनि त्यसको औपचारिक जानकारी केन्द्रीय समिति बैठकको एजेन्डाका रूपमा प्रवेश भएको छैन।

यता केन्द्रीय समिति बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गर्दै आएका छन्। शनिबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले महासमिति सदस्यबाट महाधिवेशन चुनावअघि कि पछि भनेर भोटिङ गर्नुपर्ने प्रस्तावसमेत गरेका थिए। कार्यतालिका प्रस्तावबारे सहमति खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्रीसहित शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरिरहेका छन्।

महाधिवेशन कार्यतालिका नल्याउने भए आफूहरू केन्द्रीय समिति बैठकमै उपस्थित नहुने महामन्त्री गगन थापा र शर्माले बताउँदै आएका छन्। महामन्त्री शर्माले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताइरहेका छन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबारका लागि बोलाइएको बैठक आज दिउँसो १ बजे बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए । लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’ अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उनले ...
। बागमती प्रदेशका श्रम, रोजगार तथा यातयात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले यातायात क्षेत्रलाई २१औँ शताब्दीको प्रविधिसँग प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधिमैत्री प्रणाली र व्यवसायीहरूको एकता आवश्यक रहेको बताएका हुन् । उनले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न ...
। सर्वोच्च अदालतले अन्तरदेशीय विद्युत् व्यापार गर्दा स्वदेशमा हुने खपतको कटौती नगर्नू भनी सरकारलाई आदेश दिएको छ । नेपाल र भारतबीच दुई वर्षअघि भएको विद्युत् खरिदबिक्री व्यापारसम्बन्धी सम्झौताविरुद्ध परेको मुद्दामा निर्देशनात्मक आदेश जारी गर्दै सर्वोच्च अदालतले स्वदेशमा पर्याप्त खपत भएपछि बाँकी रहेको विद्युत् बिक्री गर्नु भनी सरकारलाई निर्देशनात्मक आदेश दिएको हो । शुक्रबार प्रकाशित भएको एवं २० ...
। भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको थियो । तीन दिन लगाएर गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यन्वयन नभएको पाइएपछि स्कुल बसलाई तत्काल स्कुल बस निर्देशिका, २०७४ कार्यान्वयनका लागि निर्देशन दिइएको हो । कार्यालयका प्रमुख प्रहरी ...
। राजधानी काठमाडौंको मुख्य ‘लाइफलाइन’ मानिने नागढुंगा-मुग्लिन सडक विस्तारको काम रोकिएको छ । चर्को मूल्यवृद्धि र निर्माण सामग्री चरम अभाव भएको भन्दै निर्माण कम्पनीले काम रोकेको हो । तीन खण्डमा विस्तार हुँदै गरेको यो सडककोे काम रोकिएको छ । बर्खा लाग्ने क्रम सुरु भएसँगै झनै काम प्रभावित हुने देखिएको छ । नागढुंगादेखि मुग्लिनसम्मको ९५ किलोमिटर लामो सडक ...