मुख्य समाचार
लिभरपुलले रियल मड्रिडलाई १-० ले पराजित
लिभरपुलले रियल मड्रिडलाई १-० ले पराजित

। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लबहरुले सुखद नतिजा निकालेका छन् ।

लण्इंडन क्ग्लिलब आर्ससनलले च्याम्पियन्स लिगमा लगातार चौथो खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ । यस्तै लिभरपुलले स्पेनिस क्लब रियल मड्रिडलाई हराएको छ ।

आर्सनलले स्लाभिया प्रागलाई ३-० ले पराजित गरेको हो । स्लाभियाको मैदानमा भएको खेलमा आर्सनलका लागि मिकेल मेरिनोले २ तथा बुकायो साकाले १ गोल गरे ।

जितपछि ४ खेलबाट १२ अंक जोडेर आर्सनल दोस्रो स्थानमा छ ।

लिभरपुलले रियल मड्रिडलाई १-० ले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको लागि एलेक्सिस म्याक एलिस्टरले ६१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि ४ खेलमा ९ अंक भएको लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । समान अंक भएपनि रियल गोलअन्तरका आधारमा लिभरपुलभन्दा माथि पाँचौं स्थानमा छ ।

यस्तै अर्को इंग्लिस क्लब टोटनहामले डेनिस क्लब कोपनहेगनलाई ४-० ले पराजित गरेको छ ।

यस्तै एट्लेटिको मड्रिडले युनियन सेन्ट गिलोसलाई ३-१ ले, मोनाकोले बोडोलाई १-० ले पराजित गर्दा नापोली र फ्रान्कफर्टले गोलरहित बराबरी खेले । ओलम्पियाकस र पीएसभीले १-१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पेरिस सेन्ट जर्मन (पीएसजी)का फर्वाड ओस्मान डेम्बेलेले फिफा वर्ष उत्कृष्ट पुरुष २०२५ को उपाधि जितेका छन्। २८ वर्षीय डेम्बेलेले यसअघि बालोन डी’ ओर अवार्ड पनि जितेका थिए। उनले यो उपाधिका लागि बार्सिलोनाका लमीन यमल र रियल म्याड्रिडका केलियन एम्बापेलाई पछि पार्दै वर्ष उत्कृष्ट पुरुष खेलाडीको उपाधि जितेका हुन्। कतारको दोहामा आयोजित कार्यक्रममा उनले वर्ष ...
: आइओएफटिसी नेपालको आयोजनामा पुस ३ गतेदेखि १५औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) आयोजना हुने भएको छ। आइओएफटिसीले आफ्नो २५ वर्ष पुगेको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो। यो प्रतियोगिताको पहिलो संस्करण सन् २००० मा सम्पन्न भएको थियो। प्रतियोगिताका सम्पूर्ण खेल राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा पुस ३ देखि ५ गतेसम्म ...
। नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल जयन्त पाठक नियुक्त भएका छन् । हर्षल जयन्त पाठक यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको रूपमा कार्यरत थिए । भारतका पाठकलाई नेपाल क्रिकेट संघ ‍(क्यान)ले महिला क्रिकेट टिमको प्रशिक्षक नियुक्त गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए । नेपाली महिला राष्ट्रिय क्रिकेट टिम अहिले काठमाडौँमा आईसीसी विमेन्स ...
— इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा जेनोआलाई २–१ ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । उपाधिको होडमा रहेका अन्य टिम जित्न असफल रहेपछि इन्टरलाई फाइदा पुगेको हो । एसी मिलान ससुलोको हातबाट २–२ को बराबरीमा रोकियो भने डिफेन्डिङ च्याम्पियन नेपोली युडिनेजीसँग १–० ले पराजित रह्यो । इन्टरको ३३ अंक भएको छ । ...
। नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् । राजशाहीले आइतबार सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् । सन्दीपले यसअघि बीपीएल २०१८/१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए। उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट ...