मुख्य समाचार
ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द
ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द

। काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले राजधानीका विभिन्न अस्पतालका क्यान्टिनको खाद्य स्वच्छता अनुगमन गरेको छ ।

यस क्रममा चाबहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरबाही भेटिएपछि ७ दिनका लागि बन्द गरिएको छ ।

हेल्दी बाइट्स सर्भिसेस प्रालिद्वारा सञ्चालित उक्त क्यान्टिन अनुगमन क्रममा खाद्य रङको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, असन्तोषजनक कीट नियन्त्रण (पेस्ट कन्ट्रोल) व्यवस्था र लेबलविहीन खाद्यवस्तु प्रयोग लगायत गम्भीर लापरबाही भेटिएका थिए ।

अनुगमन टोलीका फुड टेक्नोलोजिस्ट अनिल बस्नेत र अशोक पराजुलीका अनुसार क्यान्टिनले व्यवसाय दर्तासमेत नगरेको पाइएकाले ७ दिनका लागि बन्द गरी स्पष्टीकरण सहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ ।



अनुगमन टोलीले सञ्चालककै उपस्थितिमा म्याद गुज्रिएका ५ थान (५ सय मिलिलिटर) दूध नष्ट गरेको थियो ।

ओम अस्पताल तथा रिसर्च सेन्टर प्रालिका प्रशासनिक प्रबन्धक विपिन जङ्गमले क्यान्टिन सञ्चालक परिवर्तन भइसकेको जानकारी दिएका छन् ।

उनका अनुसार संरचना मर्मत, रङरोगन र आवश्यक सरसफाइ पूरा गरी खाद्य स्वच्छता सुनिश्चित भएपछि मात्र क्यान्टिन पुनः सञ्चालनमा ल्याइने छ ।

यसै क्रममा मेडिकेयर अस्पतालको द केयर क्यान्टिन र हेल्पिङ ह्यान्ड्स अस्पतालको क्यान्टिनमा सरसफाइको अवस्था तुलनात्मक रूपमा राम्रो पाइएको विभागले जनाएको छ । तथापि, दुवै क्यान्टिनमा कीट नियन्त्रणको व्यवस्था सन्तोषजनक नभएको उल्लेख छ ।

त्यस्तै मेडिकेयर अस्पतालको क्यान्टिनमा पनि लेबलविहीन खाद्यवस्तु प्रयोग, खुला डस्टबिन र पिउने पानीमा एमोनियाको मात्रा मापदण्ड भित्रै रहे पनि थप सुधारको आवश्यकता देखिएको थियो ।

अनुगमन टोलीले क्यान्टिन सञ्चालकलाई कीट नियन्त्रण प्रभावकारी बनाउन, पूर्णलेबल सहित प्रशोधित खाद्यवस्तु मात्र प्रयोग गर्न, अनुमति प्राप्त उद्योगबाट उत्पादित वस्तुमात्र प्रयोग गर्न, आगलागी जोखिम न्यूनीकरणका उपकरण राख्न र खाना पकाउने तथा भाँडा माझ्ने ठाउँ अलग–अलग राख्न निर्देशन दिएको छ ।

त्यसैगरी हेल्पिङ ह्यान्ड्स अस्पतालको क्यान्टिनमा व्यक्तिगत सरसफाइ सन्तोषजनक देखिए तापनि खाद्य रङको उचित प्रयोग, अनुज्ञापत्र प्राप्त खाद्य पदार्थमात्र बिक्री र आगलागी जोखिम न्यूनीकरणका उपकरण थप बलियो बनाउन सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै सभापति थापाले ‘सत्यधर्म मुचुल्का’ मार्फत समाज सुधार तथा किराँत धर्म र संस्कृतिको मौलिक पहिचान एवं संरक्षणमा फाल्गुनन्दले पुर्‍याएको योगदान अतुलनीय रहेको स्मरण गरेका छन्। महागुरु फाल्गुनन्दले देखाएको सत्य, अहिंसा, समानता, सदाचार र ...
: परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारबाट सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीघीय सम्मेलन (कोप-३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन्। नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो। पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली ...
। रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिए। अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ ...
। स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सामूहिक आबद्धता तथा नवीकरण अब प्रदेश र स्थानीय तहबाटै डिजिटल माध्यमबाट गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले प्रदेश र स्थानीय तहबाटै अनलाइन माध्यमबाट यस्तो सेवा लिन सकिने व्यवस्था सुरु गरेको छ । बोर्डले एचआईबी ई–पोर्टलमार्फत प्रदेश तथा स्थानीय तहका लागि डिजिटल सामूहिक आबद्धता र नवीकरण सेवा सञ्चालनमा ल्याएको हो । पहिलो ...
। नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ । नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा ...