मुख्य समाचार
एक लाख नगद र लागुऔषध ब्राउनसुगरसहित सुर्खेतमा तीन जना पक्राउ
एक लाख नगद र लागुऔषध ब्राउनसुगरसहित सुर्खेतमा तीन जना पक्राउ

। एक लाख नगद र लागुऔषध ब्राउनसुगरसहित सुर्खेतमा तीन जना पक्राउ परेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न ठाउँबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, १ लाख ७१ हजार ३३० नगद र अन्य सामग्रीहरू बरामद गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी मोहनजंग बुढाथापाका अनुसार वीरेन्द्रनगर–५, घर भई वडा नम्बर–८, आवास क्षेत्रमा क्याफे चलाउँदै आएका २८ वर्षीय हिमाल आले पक्राउ परेका छन् । बिसाउने चौतारी नामक क्याफेका सञ्चालक समेत रहेका आलेलाई प्रहरीले शङ्कास्पद अवस्थामा फेला पारेको थियो ।




उनको खानतलासी गर्दा क्याफेको शौचालयमा लुकाइए अवस्थामा शुद्ध ११ ग्राम ४०० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । सोही घटनामा थप अनुसन्धान गर्दा वीरेन्द्रनगर–४, मुलपानीका २६ वर्षीय सरोज ढकाललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनको शरीर खानतलासी गर्दा ०.३६ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

यस्तै वीरेन्द्रनगर–१, का ४७ वर्षीय म गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ । लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गुरुङलाई शङ्कास्पद अवस्थामा फेला पारेको थियो । उनको पनि शरीर खानतलासी गर्दा शुद्ध ३.१८६० ग्राम ब्राउनसुगर बरामद भएको डिएसपी बुढथापाले जानकारी दिए ।




प्रहरीले सोमबार र मंगलबार वीरेन्द्रनगरका विभिन्न ठाउँबाट पक्राउ गरेका तीन जनाबाट १५ ग्राम १० मिलिग्राम ब्राउनसुगर, नगद १ लाख ७१ हजार ३३० रुपैयाँ, २ थान कैँची र १ थान प्लास्टिकको टुक्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे । भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक ...
। मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० ...
। नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो । माओवादी नेता रामप्रसाद ...
। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए । ‘जो नेताको टाउकोमा तरवार छ, ...