मुख्य समाचार
एसिया कप २०२५ का क्रममा आचारसंहिताको उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई खेलको प्रतिबन्ध
एसिया कप २०२५ का क्रममा आचारसंहिताको उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई खेलको प्रतिबन्ध

। पाकिस्तानका पेस बलर हारिस राउफलाई एसिया कप २०२५ का क्रममा आचारसंहिताको उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई खेलको प्रतिबन्ध लगाएको छ।

आईसीसीका अनुसार राउफले गएको २४ महिनामा चार डिमेरिट पोइन्ट पाएका छन्। यी अंक भारतविरुद्धका तीन खेल (सेप्टेम्बर १४, २१ र २८) मा भएका घटनाहरूका कारण थपिएका हुन्।

सेप्टेम्बर १४ को खेलमा राउफले भारतीय समर्थकतर्फ अनुचित हाउभाउ देखाएका थिए, जसलाई भारतको सैनिक कार्यवाहीको व्यंग्यको रूपमा लिइएको थियो।

आईसीसी म्याच रेफ्री रिची रिचर्डसनले गरेको सुनुवाइपछि राउफलाई म्याच फीको ३० प्रतिशत जरिवाना र थप दुई डिमेरिट पोइन्ट दिइएको हो। चार डिमेरिट पोइन्ट पुगेपछि उनी स्वतः दुई खेलका लागि निलम्बनमा परेका हुन्।


यस कारण अब राउफले नोभेम्बर ४ र ६ मा दक्षिण अफ्रिकाविरुद्ध हुने एकदिवसीय खेल गुमाउनेछन्।

त्यसै खेलमा भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि यस्तै कारणले म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ।

पाकिस्तानका ओपनर साहिबजादा फर्हानले अर्धशतक मनाउँदा बन्दुक चलाउने शैलीमा उत्सव मनाएको कारण उनलाई चेतावनी र एक डिमेरिट पोइन्ट दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम