मुख्य समाचार
जेनजी आन्दोलन तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता
जेनजी आन्दोलन तोडफोड, आगजनी र लुटपाट गर्ने ३७५ जना पक्राउ, १४१ वटा मुद्दा दर्ता

। जेनजी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा प्रहरीले ३७५ जनालाई पक्राउ गरेको छ ।

कात्तिक १७ गतेसम्मको विवरण अनुसार देशभरबाट ३७५ जनालाई पक्राउ गरिएको र १४१ वटा मुद्धा दर्ता गरेको गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्रालयका अनुसार सबैभन्दा काठमाडौं उपत्यकामा २१८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई कर्तव्य ज्यानदेखि आपराधिक उपद्रव, हातहतियार खरखजना, चोरी र अभद्रको कसुरमा मुद्दा चलाइएको छ । साथै ९६ वटा मुद्दा दर्ता गरिएको छ ।

यस्तै कोशी प्रदेशमा ३० जनालाई पक्राउ गरेको छ भने ४ वटा मुद्दा दर्ता गरेको छ । तोडफोड, आगजनी तथा लुटपाट जस्ता गतिविधिमा संलग्नहरू सबैलाई पक्राउ गरेर कानूनी दायरामा ल्याइने गृहमन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशमा २१ जना अभियुक्तलाई पक्राउ गरिएको छ भने मुद्दा दर्ताको संख्या ६ रहेको छ।

यस्तै बागमतीमा ३३ जना अभियुक्त पक्राउ परेका छन् भने ११ वटा मुद्दा दर्ता भएको छ ।

गण्डकीमा ३२ जना अभियुक्त र ७ वटा मुद्दा, लुम्बिनीमा २९ जना अभियुक्त र ११ वटा मुद्दा दर्ता, कर्णालीमा ४ जना अभियुक्त र ३ वटा मुद्दा दर्ता तथा सुदूरपश्चिम प्रदेशमा ८ जना अभियुक्त र ३ वटा मुद्दा दर्ता भएको गृहमन्त्रालयले जनाएको छ ।

मेलमा आगजनी तथा तोडफोड, लुटपाट जस्ता गतिविधिका ३६ हजार भन्दा बढी भिडियो, फोटोहरूसहितको प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ। प्राप्त भिडिओ, फोटोहरूको आधारमा व्यक्ति पहिचान गरेर कारबाही गरिने प्रहरीले बताएको छ ।

यता, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २३ र २४ भदौमा भएको आन्दोलनको क्षति विवरणसहित जिल्ला प्रहरी परिसरमा उजुरी दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएको थियो भने सिंहदरबारलगायत महत्पवूर्ण सरकारी संरचनाहरू जलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे । भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक ...
। मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० ...
। नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो । माओवादी नेता रामप्रसाद ...
। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए । ‘जो नेताको टाउकोमा तरवार छ, ...