मुख्य समाचार
प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी गराएका छन्
प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी गराएका छन्

। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी गराएका छन् ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आजै बिहानमात्रै रावलसँग महत्त्वपूर्ण छलफल भएको जानकारी गराएका हुन् ।

‘भीम रावल, झलनाथजी, घनश्यामजीसँग पनि कुराकानी भइरहेको छ । कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा विकसति भएको प्रमाणको रुपमा यो भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग नेता अग्निप्रसाद सापकोटाले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार, रावलसँगको छलफल सकारात्मक भएको र भोलि हुने एकता घोषणा सभामा सहभागी हुनसक्ने पनि प्रचण्डले बताएका छन् ।

माओवादी, समाजवादीसहित विभिन्न ९ घटकबीच भोलि एकता घोषणा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
खेलाडीको अनलाइन अपडेट राख्ने व्यवस्था गर्दैछौं : मन्त्री गुप्ता
: पूर्वप्रधानमन्त्री झलनाथ खनालले कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कम्युनिष्ट पार्टी एकता कार्यक्रममा खनालले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै कहिल्यै नफुट्ने गरी कम्युनिष्ट आन्दोलनलाई अघि बढाउनुपर्ने बताए। अहिलेको कम्युनिष्ट एकता देशको हितमा रहेकाले आफू सहभागी भएको भन्दै उनले अब हिजो भएका कमीकमजोरीलाई सुधार गर्नुपर्ने ...
: सुर्खेत प्रहरीका विरुद्धमा पीडितहरू मानवअधिकार आयोगमा पुगेका छन्। प्रहरीले न्यूनतम् मानवअधिकार हनन् गर्नेगरी वीरेन्द्रनगर नगरपालिकामा भएको शिक्षक तथा विद्यालय व्यवस्थापन समितिहरूले गरेको आन्दोलनमा कुटपिट गरेको भन्दै पीडितहरू मानवअधिकार आयोगमा उजुरी दिएका हुन्। आइतबार वीरेन्द्रनगर नगरपालिकाको शिक्षा शाखामा आन्दोलनका क्रममा ताला लगाउन गएका कृष्णसाधारण माविका अभिभावक बखतबहादुर शाहीलाई प्रहरीले हातमा हतकडी लगाई अति संवेदनशील अंगमा ...
: नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल 'प्रचण्ड' चयन भएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभाबाट प्रचण्ड संयोजक चयन भएका हुन्। त्यस्तै सहसंयोजकमा माधव कुमार नेपाल चयन भएका छन्। नेता महेन्द्र राय यादवले संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भएको घोषणा गरेका थिए। यसअघि प्रचण्ड नेकपा माओवादी केन्द्रका संयोजक थिए भने नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष ...
: नेपालीका कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुसमा पार्टीको १५औं महाधिवेशन गर्न प्रस्ताव गरेका छन्। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पुस १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्। उनले विधानको धारा १४ र २१ बमोजिम महाधिवेशन गर्ने प्रस्ताव गरे। त्यसअघि केन्द्रीय समिति बैठकबाट महाधिवेशनका लागि निर्वाचन समितिको गठन गर्नुपर्ने उनको ...