मुख्य समाचार
जिम्बाबेका अनुभवी ब्याटर सिन विलियम्स अब राष्ट्रिय टिममा छनोट नहुने भएका छन्
जिम्बाबेका अनुभवी ब्याटर सिन विलियम्स अब राष्ट्रिय टिममा छनोट नहुने भएका छन्

। जिम्बाबेका अनुभवी ब्याटर सिन विलियम्स अब राष्ट्रिय टिममा छनोट नहुने भएका छन्। जिम्बाबे क्रिकेटले उनले आफू ड्रग्सको लतसँग संघर्ष गरिरहेको जानकारी दिएका कारण उनको केन्द्रीय करार नवीकरण नगर्ने निर्णय गरेको छ।

बोर्डले विज्ञप्तिमा भनेको छ, ‘विलियम्ससँग अनुशासन सम्बन्धी समस्या र बारम्बार अनुपस्थित हुने बानीले टिमको तयारी र प्रदर्शनमा असर पारेको छ।’

३९ वर्षीय विलियम्सले २० वर्षभन्दा लामो अन्तर्राष्ट्रिय करियरमा सबै फर्म्याटमा गरी २७३ खेल खेलेका छन् र ८ हजारभन्दा बढी रन बनाएका छन्। उनी विशेषगरी एकदिवसीय क्रिकेटमा उत्कृष्ट रहे, जहाँ उनले ५२१७ रन, ८ शतक र ३७ अर्धशतक बनाएका छन्।

हालै उनले व्यक्तिगत कारण देखाउँदै पुरुष टी–२० विश्वकप अफ्रिका छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए। तर आन्तरिक अनुसन्धानपछि उनले बोर्डलाई ड्रग्सको लत लागेको र रिहाबमा पुगेको बताए।

बोर्डले उनको उपचार प्रयासको प्रशंसा गरे पनि सम्भावित परीक्षणको समयमा टिमबाट पछि हट्नु व्यावसायिक र नैतिक मापदण्ड विपरीत भएको बताएको छ।

विलियम्सले २००५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। बोर्डले उनको दुई दशक लामो योगदानको कदर गर्दै भनेको छ, ‘विलियम्सले जिम्बाबे क्रिकेटका धेरै महत्वपूर्ण क्षणहरूमा मुख्य भूमिका खेलेका छन्। हामी उनको स्वास्थ्य सुधार र भविष्यका प्रयासमा सफलता कामना गर्छौं।’

विलियम्स आफ्नो करियरभर बोर्डसँग उतारचढावमा रहँदै आएका थिए, तर उनी अझै पनि जिम्बाबेका सबैभन्दा सफल खेलाडीमध्ये एक मानिन्छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम