मुख्य समाचार
नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो
नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो

। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् ।

मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए ।

‘जो नेताको टाउकोमा तरवार छ, अथवा डर छ मनमा, उसले भोलिको कुरा सोच्दैन । अहिलेको कुरा मात्र सोच्छ,’ किरातीले कुराकानीका क्रममा भने, ‘नेपालका अधिकांश नेता अहिलेको कुरा मात्र सोच्ने भएको छ । भोलिको कुरा सोच्दैन । कुरा गर्छ, निर्णय गर्ने बेला अहिलेको कुरा गर्छ । नारायणकाजी श्रेष्ठले वास्तवमा हामीलाई धोका दिनुभयो ।’

यसबारे हामीले राखेको जिज्ञासामा थप प्रष्ट पार्दै उनले भनेका छन्, ‘मसँगै कुरा गर्दाखेरि उहाँले भन्नुभएको थियो कि यथास्थितिमा बस्नै सकिँदैन ।’

श्रेष्ठले प्रचण्डसमक्ष आफूले संयोजक मागेको पनि बताएका छन् । अहिले प्रचण्डको अनुहार देखाएर चुनावमा जान नसकिने बताएको भन्दै नेतृत्वबाट ठाउँ छाड्न आग्रह गरेको समेत श्रेष्ठले आफूलाई सुनाएको किरातीको भनाइ छ ।

‘संयोजक मैले मागेको छु । तीन चोटी मैले कुरा गरेँ । एक घण्टादेखि डेढ घण्टासम्म मैले भने– तपाईको अनुहार देखाएर चुनावमा जान सकिँदैन । तपाईंले ठाउँ छोड्नुस मैले भनेको छु,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै किरातीले भने, ‘उहाँले नै बोलाएर भनेको उहाँको निवासमा उत्साहजनक ढंगले । तर झलनाथ खनालले भनेको छ कि बामदेव र म छोड्छु । प्रचण्ड र माधव नेपालले छोड्छ र तिमी संयोजक हुन्छौं भने हामी आउँछौ भनेको छ । तर प्रचण्डले ठोस् जवाफ दिएको छैन भन्नुभएको छ ।’

किरातीले श्रेष्ठलाई अब संयोजक पद पाउनुहुन्छ कि पाउनुहुन्न ? भनेर सोधेको पनि बताए । सो क्रममा पार्टीमा ढाँट्ने चलन भएको र आफूले नपाउने किरातीलाई बताएका थिए ।

‘अनि के तपाईंले पाउनुहुन्छ कि पाउनुहुन्न त मैले भन्दाखेरि ‘पाउँदिन’ किनभने ढाट्ने चलन छ हाम्रो पार्टीमा । पाउँदिन र धेरै चोटी म ढाँटिएको छु,’ किरातीले सुनाए, ‘त्यसो भए के हुन्छ त भन्दा यसरी (दुई हातले सोफामा हान्दै) यथास्थितिमा अब रहन सकिँदैन (भन्नुभयो) । मैले भने आँट गर्नुस् तपाईं हाम्रो नेता बन्नुस् । हात मिलाएर छुट्यौं । नयाँ गर्नुपर्छ भन्नुभएको थियो अघिल्लो भेटमा (दुई भेट भयो) । उहाँले ताली पिटेर, ल्याप्चे हानेर गर्नुभयो । भनेपछि धोका दिनुभयो । डराएको मान्छेले आजको दिन मात्रै सोच्छ भन्ने कुरा प्रमाणित भयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...