मुख्य समाचार
नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो
नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो

। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् ।

मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए ।

‘जो नेताको टाउकोमा तरवार छ, अथवा डर छ मनमा, उसले भोलिको कुरा सोच्दैन । अहिलेको कुरा मात्र सोच्छ,’ किरातीले कुराकानीका क्रममा भने, ‘नेपालका अधिकांश नेता अहिलेको कुरा मात्र सोच्ने भएको छ । भोलिको कुरा सोच्दैन । कुरा गर्छ, निर्णय गर्ने बेला अहिलेको कुरा गर्छ । नारायणकाजी श्रेष्ठले वास्तवमा हामीलाई धोका दिनुभयो ।’

यसबारे हामीले राखेको जिज्ञासामा थप प्रष्ट पार्दै उनले भनेका छन्, ‘मसँगै कुरा गर्दाखेरि उहाँले भन्नुभएको थियो कि यथास्थितिमा बस्नै सकिँदैन ।’

श्रेष्ठले प्रचण्डसमक्ष आफूले संयोजक मागेको पनि बताएका छन् । अहिले प्रचण्डको अनुहार देखाएर चुनावमा जान नसकिने बताएको भन्दै नेतृत्वबाट ठाउँ छाड्न आग्रह गरेको समेत श्रेष्ठले आफूलाई सुनाएको किरातीको भनाइ छ ।

‘संयोजक मैले मागेको छु । तीन चोटी मैले कुरा गरेँ । एक घण्टादेखि डेढ घण्टासम्म मैले भने– तपाईको अनुहार देखाएर चुनावमा जान सकिँदैन । तपाईंले ठाउँ छोड्नुस मैले भनेको छु,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै किरातीले भने, ‘उहाँले नै बोलाएर भनेको उहाँको निवासमा उत्साहजनक ढंगले । तर झलनाथ खनालले भनेको छ कि बामदेव र म छोड्छु । प्रचण्ड र माधव नेपालले छोड्छ र तिमी संयोजक हुन्छौं भने हामी आउँछौ भनेको छ । तर प्रचण्डले ठोस् जवाफ दिएको छैन भन्नुभएको छ ।’

किरातीले श्रेष्ठलाई अब संयोजक पद पाउनुहुन्छ कि पाउनुहुन्न ? भनेर सोधेको पनि बताए । सो क्रममा पार्टीमा ढाँट्ने चलन भएको र आफूले नपाउने किरातीलाई बताएका थिए ।

‘अनि के तपाईंले पाउनुहुन्छ कि पाउनुहुन्न त मैले भन्दाखेरि ‘पाउँदिन’ किनभने ढाट्ने चलन छ हाम्रो पार्टीमा । पाउँदिन र धेरै चोटी म ढाँटिएको छु,’ किरातीले सुनाए, ‘त्यसो भए के हुन्छ त भन्दा यसरी (दुई हातले सोफामा हान्दै) यथास्थितिमा अब रहन सकिँदैन (भन्नुभयो) । मैले भने आँट गर्नुस् तपाईं हाम्रो नेता बन्नुस् । हात मिलाएर छुट्यौं । नयाँ गर्नुपर्छ भन्नुभएको थियो अघिल्लो भेटमा (दुई भेट भयो) । उहाँले ताली पिटेर, ल्याप्चे हानेर गर्नुभयो । भनेपछि धोका दिनुभयो । डराएको मान्छेले आजको दिन मात्रै सोच्छ भन्ने कुरा प्रमाणित भयो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताएका छन् । शनिबार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । महासचिव पोखरेलले जुन कारणले पार्टी ...
। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका ३ वटा बँदेल मरेका छन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बँदेलहरूमा अफ्रिकन स्वाइन फिभर (एएसफ) देखिएको छ । स्रोतका अनुसार १३ साउनमा स्याम्पल लिएर परीक्षण गरिएको थियो । चिडियाखानाका प्रवक्ता गणेश कोइरालाले उमेर पुगेका बँदेल मरेको दाबी गरे । उनले भने, ‘बँदेलमा बर्डफ्लु होइन, स्वाइन फिभर देखिएको हो ।’ चिडियाखानामा जनावरलाई ...
। नागरिक उन्मुक्ति पार्टी (नाउपा), नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले निर्वाचनअघि गरेका प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाएका छन् । शनिबार आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रममा उनले निर्वाचनअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले विदेशमा रहेका युवालाई स्वदेश फर्काउने, सुशासन कायम गर्ने र देशलाई नयाँ ढंगले सञ्चालन गर्ने दाबी गरेपनि व्यवहारमा त्यसको उल्टो अवस्था देखिएको जिकिर गरे ...
। विराटनगरस्थित व्यवसायी गोपाल मुदण्डाको घरमा छापा हानेको विषयमा सूचनाको भेरिफाइमा कमजोरी भएको प्रहरी प्रधान कार्यालयले बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा भएको पत्रकार सम्मलेनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले उक्त कुरा बताएका हुन् । ‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले ...
। खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७ को तुलसीराम त्वयना रहेका छन् । उनले उपभोक्ताहरूलाई प्रति सिलिण्डर ७ हजारका दरले बिक्री वितरण गरेको भन्ने जानकारी पाएपछि पक्राउ गरिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ...