मुख्य समाचार
नेपाल जेन-जी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा
नेपाल जेन-जी फ्रन्टले माग्यो एन्फा नेतृत्वको राजीनामा

। अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष राष्ट्रिय लिग र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि नेपाल जेन-जी फ्रन्टले तीव्र आपत्ति जनाएको छ।

जेनजी अभियन्ता रक्षा बमको नेतृत्वमा रहेको जेनजी फ्रन्टले मंगलबार विज्ञप्ति जारी गर्दै एन्फाको यो निर्णय नेपाली फुटबलको भविष्यमाथिको खुला हमला भएको र अधोगतिको प्रतीक भएको टिप्पणी गर्दै एन्फा नेतृत्वको राजीनामाको माग गरेको छ।

‘यो घटना पदीय दायित्व पूरा गर्न नसक्ने एन्फा नेतृत्वले पदको दुरुपयोग गर्दै समग्र फुटबल माथि गरेको भ्रष्टाचार हो’ सञ्चार समितिका यतिश ओझाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको फुटबल लिग संरचना ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनको एक चक्रमा आधारित छ । यी लिगहरू नेपाली फुटबलका मेरुदण्ड हुन् । यी लिग खेलाडीका सपना हुन् र फुटबलप्रेमी नेपाली दर्शकको आत्मा हो । तर यसलाई वर्षोंसम्म रोक्ने एन्फाको यो निर्णयले हामी नेपाल जेन-जी फ्रन्ट सहित सम्पूर्ण खेलकुदप्रेमी नेपालीलाई स्तब्ध बनाएको छ।’

फ्रन्टले समयमै लिग सञ्चालन गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र फुटबललाई कमजोर बनाउने एन्फा नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न अनुरोध गरेको हो ।


यसअघि सोमबार एन्फा र ए डिभिजन क्लबबीच भएको छलफलपछि यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ए डिभिजन लिग सुरु गर्ने सहमति भएको थियो ।

यस निर्णयप्रति फुटबल खेलाडी एवम् समर्थकहरूबाट चर्को आलोचना हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम