मुख्य समाचार
राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्छ
राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्छ

। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।


उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ

राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक हुनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘पार्टीहरू टुट्नुफुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् ।

सुरक्षाकर्मीका हातहतियारहरू लुटिएको भन्दै गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिइन् । राजनीतिक दलहरूलाई पनि बोलाएर संवाद गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले एक साताको लागि संसद् पुनर्स्थापना गरेर संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संसद पुनर्स्थापना गरेर जेनजीका माग पूरा गर्न सकिने उनले दाबी गरे । भण्डारीले पार्टी केन्द्रीय समिति बैठकमा कांग्रेस सम्मिलित सरकार भएको बेला भएको जेनजी आन्दोलनले पार्टीलाई लाज हुनुपर्ने बताए । कांग्रेस सहभागी सरकार भएको बेलामा जेनजीले गरेको तयारी ...
। मुस्ताङको माथिल्लो मुस्ताङस्थित ‘छुआमा’ हिमालको पहिलोपटक पर्वतारोहण भएको छ । दक्षिण कोरियाली तीन विदेशी पर्यटकसहित आठ जनाको आरोहण टोलीले नाभेम्बर २ तारिखिमा ६२१३ मिटर उचाइमा रहेको ‘छुआमा’ हिमालको सफलतापूर्वक पर्वतारोहण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङले जनाएको छ । यहाँको माथिल्लो मुस्ताङ स्थित ‘छुआमा’ हिमाल लोमान्थाङ गाउँपालिका–४ स्थित नाम्डो गाउँबाट माथिको ५४८० ...
। नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ। मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो । माओवादी नेता रामप्रसाद ...
। नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नारायणकाजी श्रेष्ठबाट धोका पाएको गुनासो गरेका छन् । श्रेष्ठले आफूसँग कुराकानी गर्ने क्रममा यथास्थितिमा बस्न नसकिने बताएको तर पछि त्यस्तो नगरेको भन्दै धोका भएको बताएका हुन् । मंगलबार अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले अधिकांश नेताहरू वर्तमानको कुरा मात्रै सोच्ने र भोलिबारे ध्यान नदिने गरेको बताए । ‘जो नेताको टाउकोमा तरवार छ, ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भीम रावलसँग पनि एकताका लागि छलफल भइरहेको जानकारी गराएका छन् । नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आजै बिहानमात्रै रावलसँग महत्त्वपूर्ण छलफल भएको जानकारी गराएका हुन् । ‘भीम रावल, झलनाथजी, घनश्यामजीसँग पनि कुराकानी भइरहेको छ । कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा ...