मुख्य समाचार
राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्छ
राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्छ

। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

नागरिकताको प्रतिलिपि लिन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेको उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएकी हुन् ।


उनले राजनीतिक दलहरू टुट्नुफुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो ऽ

राष्ट्रको शान्तिका लागि पनि राजनीतिक दलहर एक हुनुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘पार्टीहरू टुट्नुफुट्नु राम्रो कुरा होइन, पार्टीहरू सुसंगठित भएर पार्टीभित्र केही मतभेद छ भने अन्तरसंघर्ष गरेर अघि बढ्नुपर्छ । राष्ट्रको शान्तिका लागि पनि पार्टीहरू पनि सुदृढ हुने र अन्तरसंवाद गरेर अघि बढ्ने, मतभेदहरू पार्टीभित्रै समाधान गरेर अघि बढ्नु राम्रो हो ।’

उनले ताजा जनादेशका लागि अहिलेको सरकार गठन भएको बताउँदै निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताइन् ।

सुरक्षाकर्मीका हातहतियारहरू लुटिएको भन्दै गल्ती गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिइन् । राजनीतिक दलहरूलाई पनि बोलाएर संवाद गर्नुपर्नेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संखुवासभाको मकालु गाउँपालिका –५ पाकपोकमा खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका कर्मचारी तीन दिनपछि मृत भेटिएका छन् । मकालु गाउँपालिका –५ पाकपोकमा सिमली खोलाले बगाएर बेपत्ता भएका इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ बर्षिया स्वागत निरौलाको शव बगाएको ठाउँदेखि करिब ८० मिटर तल खोचभित्र भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ...
। जिल्ला अदालत मोरङले अभिषेक गिरीलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा प्रहरीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो । मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गिरीलाई पक्राउ परेको मितिदेखि लागु हुनेगरी चार दिनको म्याद थप भएको हो । गिरी गत असार ...
। जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरे । अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा ...
। अन्तरजातीय विवाह गरेकै कारण हत्या गरिएका काभ्रेका अजीत मिजारको परिवारले न्यायको याचनासहितमन्त्री र सांसदसँग भेट गरेका छन् । १० बर्षदेखि न्यायको खोजीमा रहेको मिजार परिवारले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यकमन्त्री सीता बादी र सत्तारुढ रास्वपाका सचेतक प्रकाशचन्द्र परियारलाई भेटेको हो । अजितका बुबा हरिभक्त र आमा कालीले बादी र परियारलाई भेटेर पुन: फरेन्सिक परीक्षणको माग ...
। होटल संघ नेपाल (हान) लुम्बिनी प्रदेशको तदर्थ समिति गठन गरिएको छ । साविकको नेप्लिज होटेलियर्स एसोसिएसन लुम्बिनीसँग एकीकरण गरी बुटवलमा सम्पन्न व्यवसायीहरूको भेलाले सीपी श्रेष्ठ अध्यक्ष रहेको तदर्थ समिति गठन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा प्रवीण पाठक, प्रथम उपाध्यक्षमा हरिबहादुर थापा र उपाध्यक्षमा अनिलप्रसाद श्रेष्ठ चयन भएका छन् । यस्तै, महासचिवमा टेकनाथ बस्याल, सचिवमा दिलीप ...