मुख्य समाचार
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबीच एकता घोषणा
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबीच एकता घोषणा

: नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ।



बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो। पार्टी एकताका लागि दलहरूबिच नौ बुँदे सहमति भएको छ। पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल र प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ।


एकता घोषणा कार्यक्रममा पार्टी एकतामा आएका दलका सबै नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सबै दलका नेताहरूले अनुमोदन गरेका थिए।



नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ। नेपाली कम्युनिस्ट पार्टीको आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ। एकता प्रक्रियामा सहभागी भएका पार्टीका साबिकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नवगठित नेपाली कम्युनिष्ट पार्टीका स‌ंयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले १० घटक पार्टी एकतालाई ऐतिहासिक क्षण भएको बताए। 'तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन्। इतिहासमा ठूलो भूमिका खेलेका पात्र हौं हामी। अब यो पार्टीलाई ...
: नवगठित नेपाली कम्युनिष्ट पार्टीका स‌ंयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले १० घटक पार्टी एकतालाई ऐतिहासिक क्षण भएको बताए। 'तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन्। इतिहासमा ठूलो भूमिका खेलेका पात्र हौं हामी। अब यो पार्टीलाई ...
: नवगठित नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताएका छन्। भृकुीमण्डपमा आयोजित एकतामा सभामा सम्बोधन गर्दै उनले नेताहरूले आफ्नो गल्ती,कमजोरी भने सच्याउनुपर्ने बताए। 'नेपालमा कम्युनिष्ट पार्टी र नेताहरूको उपादेयता अझै सकेको छैन। नपालको राजनीतिमा सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको छ। आत्मकेन्द्रित चिन्तन ठूलो रोग भएको छ। इमानदारिताको ...
: नेकपा एमालेमा फर्किने तयारी गरेका एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरु निसर्तरुपमा मूलघर फर्किन लागेको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफूले पसिना बगाएको, जीवन अर्पण गरेको पार्टीमा फर्कन एमालेसँग वार्ता संवाद गरिरहेको जानकारी दिएका हुन्। पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै उनले ...
: ‘निचा पंथ उपर परमेश्वर, गुरु दिनकर दिनानाथ साक्षी, दिनकर दिनानाथ कि जय !’ भन्दै कमला नदीमा डुबुल्की लगाउँदै थिए। आफ्नो कूल देवता अर्थात् देवी देउताको नाम पुकार्दै भक्तजनहरूले नदीमा डुबुल्की लगाएका हुन्। बुधबार सिरहा–धनुषाको साँधमा पर्ने कमला नदीमा बिहानैदेखि हजारौँको भीड थियो। हातमा बेत ‘लठी’ बोकेका व्यक्ति ‘धामी’ इसारा देखाउँदै थिए। गेरुवा ...