मुख्य समाचार
२९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचाले
२९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचाले

: २९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचालेको छ। भिक्टोरिया राज्यको मेलबर्नको फ्लेमिङटनमा मंगलबार भएको १६५औं अन्तर्राष्ट्रिय घोडा दौडको उपाधि जित्ने मेहलम पहिलो घोडसवार महिला हुन्। उनले आफ्नै घरेलु मैदान मेलबर्नमा अन्य २३ जना घोडसवारलाई उछिन्दै ऐतिहासिक सफलता प्राप्त गरेकी हुन्।



संसारलाई चकित तुल्याउँदै इतिहास रच्ने अस्ट्रेलियन महिला (जोकी )घोडसवार जेमीको नयाँ सफलताले उनलाई निकै भावुक तुल्याएको त थियो नै आफैं आश्र्चयचकित पनि भइन्। जितपछि मेहलमको पहिलो शब्द थियो, ‘के भयो अहिले ? ओ माई गड !) उनका लागि यो अपेक्षित सफलता थियो। किनभने उनले प्रतिस्पर्धामा उत्रनु अघि नै जित सुनिश्चित भएको दाबी गरेकी थिइन्। तै पनि मेहलम अत्यन्तै भावुक हुँदै जितको क्षणमा रोएकी थिइन्। तर, उनले जितको रहस्य र कारण पनि सुनाइन्। भनिन्, ‘हामी बिहान ४ बजे उठ्थ्यौं। र, निरन्तर मेहनत गथ्र्यौं। आज त्यसको फल पाएँ।’


अन्य घोडसवारहरूले पनि यी युवतीको सफलता चमत्कारिक रहेको टिप्पणी गरेको छन्। ८० हजारभन्दा धेरै दर्शक अगाडि तीव्र गतिमा कुदेको दृश्य सम्झिँदै २०१५ मा मेलबर्न कप जित्ने पहिलो महिला जोकी मिशेल पेनले प्रतिक्रिया दिँदै भनिन्, ‘यो सुन्दा मेरो छाला मुस्कुराउँदै उठ्यो...। जेमीले घोडा दौड क्षेत्रमा नयाँ आयाम थपिन्। म उनका लागि निकै उत्साहित छु।’



मेलबर्न कप चुमे सँगै जेमीका प्रशिक्षकहरूले पनि खुसी व्यक्त गरेका छन्। ‘हाम्रो लागि यो गर्वको क्षण हो...साँच्चै अद्भुत अनुभव हो।’ प्रशिक्षकहरूले भने।

तर, मेहलमले यो जित आफ्नो परिवार र सम्पूर्ण महिला जोकीहरूका लागि समर्पण गरेकी छन्। उनले आफ्ना दिवंगत बुबालाई सम्झँदै भनिन्, ‘उहाँ माथिबाट मेरो लागि बाटो खोल्दै हुनुहुन्थ्यो। जसका कारण जित हात पारे।’

जेमी १५ वर्षदेखि घोडा दौड क्षेत्रमा सक्रिय छन्। उनी महिला जोकीका लागि प्रेरणादायी व्यक्तित्व मानिन्छिन्। मेहलमले आफ्नो घोडी हाफ योरस् सवार हुँदै गरेको नयाँ इतिहासको रचनाले सन्सार भरका महिलाको पनि शिर उँचो तुल्याउने प्रेरण प्रदान गरेको छ।

मेलबर्न कपमा मेहलमको घोडी हाफ योरस्ले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानको घोडी (गुडी टु सुज) र तेस्रो स्थानको मिडिल अर्थलाई पछि पार्‍यो। प्रसंशकहरूले उनको जीतलाई केवल व्यक्तिगत सफलता मात्र नभई अस्ट्रेलियाको घोडा दौड इतिहासमा महिला जोकीको क्षमताको प्रमाणका रूपमा लिएका छन्। कतिपयले त ‘सम्पूर्ण महिला जोकी र घोडा दौड प्रेमीहरूका लागि यो प्रेरणादायी सफलता हो’ पनि भनेका छन्। पेशेवार घोडसवार मेहलमले १५ वर्षको अथक मेहनतपछि फल प्राप्त गरेको बताएकी छन्।

‘यो वर्ष मेरो जीवनको अद्भुत वर्ष हो। मैले विवाह पनि गरेँ। दौडमा धेरै उत्कृष्ट दिन बिताएँ । तर, आजको अनुभवसँग कुनै क्षणको तुलना हुन सक्दैन’, उनले भनिन्। विश्वको ध्यान तान्ने मेहलमको सफलतामा उनका बुबा सधैं सहयोगी र ठूला समर्थक थिए। उनीले थपिन्, ‘यो जित आफ्नो परिवार र सबै महिला जोकीहरूका लागि समर्पित छ।’

मेहलमले मिशेल पेनपछि मेलबर्न कप जित्ने दोस्रो महिला जोकीको रूपमा नयाँ इतिहास लेखेकी हुन्। मेलबर्न कपमा दोस्रो स्थान वाने लर्डानले प्राप्त गरे। उनी गुडी टु सुज नामक घोडामा सवार थिए। तेस्रो स्थान इथान ब्रोनले हासिल गरे। उनी मिडिल अर्थ नामको घोडामा सवार थिए । मेलबर्न कप ३ हजार २०० मिटर दूरीको दौड हो। जुन विश्वमै प्रसिद्ध छ। दौडमा स्थानीयका साथै अन्तर्राष्ट्रिय घोडाहरू, प्रशिक्षकहरू,जोकीहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम