मुख्य समाचार
नवलपरासीमा ६२ वर्षीय वृद्धले गरे श्रीमतीको हत्या
नवलपरासीमा ६२ वर्षीय वृद्धले गरे श्रीमतीको हत्या

: नवलपरासी सुनवल नगरपालिका–१३ घ्यूडल्लाका ६२ वर्षीय एक वृद्धले श्रीमतीको हत्या गरेका छन् । सामान्य मनमुटावका कारण खडकबहादुर थापाले ५५ वर्षीय श्रीमती भिमकला थापाको खुर्पा (हसिया) प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।



मंगलबार बिहान घर नजिकै छिमेकीको घरमा तरकारी बनाउनका लागि टमाटर माग्न पुगेकी श्रीमतीलाई फर्किने क्रममा थापाले खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तले जानकारी दिए । श्रीमती बाहिर निस्केको देखेपछि खुर्पा लिएर निस्केका थापाले छिमेकीकै घर अगाडि हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गर्धन, ढाँड र खुट्टामा चोट लागेपछि उपचारका लागि बुटवल सिटी अस्पतालमा पठाइएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


अभियुक्त थापा ३४ वर्षदेखि भारतमा काम गर्दै आएका थिए । बाग्लुङ्ग घर भएका थापा तीन वर्षअघि भारतबाट आएर त्यहाँ स्थायी बसोबास गर्दै आएका हुन् । अघिल्लो दिन पारिवारिक मनमुटाव भएको प्रहरीले जनाएको छ । ‘हत्या नै गर्नुपर्ने कारण के थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । थप विषय पछि आउला’डिएसपी पन्तले भने ।



थापाका दुई श्रीमतीबाट ६ सन्तान छन् । हत्या गरेकी श्रीमती कान्छी हुन् । कान्छीतर्फ २ छोरा र २ छोरी छन् । दुवै जना छोरा विदेश छन् । एक छोरीको विवाह भइसकेको छ भने अर्की छोरी घरमै छन् । जेठीतर्फ छोरा छोरी गरी २ सन्तान छन् । जेठी श्रीमती लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...