मुख्य समाचार
फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं विस्थापित
फिलिपिन्समा कालमेगी आँधीबाट ५२ जनाको मृत्यु, लाखौं विस्थापित

: कालमेगी आँधीका कारण फिलिपिन्समा अहिलेसम्म ५२ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबार छोडेर भागेका छन्। १३ जना अझै बेपत्ता छन्। कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ।



सबैभन्दा ठूलो बाढी सेबुको घना जनसंख्या भएको मध्य टापुमा आएको छ। यहाँ मृत्यु हुनेको संख्या पनि बढी छ। राहत सहयोग गर्ने क्रममा हेलिकोप्टर दुर्घटना भएको छ। हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाइएको छ।


उक्त हेलिकप्टर सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा दुर्घटनाग्रस्त भएको हो। फिलिपिन्समा प्रत्येक वर्ष औसत २० वटा आँधी आउने गर्छ। एक महिनाअघि आएको आँधीले पनि धेरैको ज्यान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी सिनेटमा सटडाउन अन्त्य गर्ने पक्षमा ६० मत र विपक्षमा ४० मत परेको छ । डेमोक्रेटिक पार्टीका आठ सांसद्ले सरकार र रिपब्लिकन पार्टीका नेतालाई सटडाउन खोल्न दिने समझदारी गरेको केही समयपछि सिनेटमा मतदान भएको हो । यसलाई लामो समयदेखिको सटडाउन अन्त्य हुने दिशाको पहिलो कदमका रुपमा लिइएको छ । सटडाउन तत्कालै अन्त्य गर्ने र ...
अमेरिकामा तीव्र गतिमा गुडिरहेको कार बारमा ठोक्कियो, ४ जनाको मृत्यु
: अफगानिस्तानको तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ। इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमाथि सार्ने प्रयास गरेको आरोप लगाएको छ। अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,'इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा आयोजना हुने जी–२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने बताएका छन्। ट्रम्पको निर्णय दक्षिण अफ्रिकामा गोरा मानिसमाथि दमन भइरहेको दाबीबाट उत्पन्न भएको हो। तर यी दाबीलाई व्यापक रूपमा झूटा र आधारहीन मानिएको छ। अमेरिकी राष्ट्रपतिले यो बैठक दक्षिण अफ्रिकामा आयोजना हुनु एकदमै लज्जास्पद भएको बताए। यस महिनाको अन्त्यमा जोहानेसबर्गमा जी–२० ...
। अमेरिकामा जारी सरकारी बन्द (शटडाउन) का कारण हवाई सेवा व्यापक रूपमा अवरुद्ध भएको छ । सङ्घीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात घटाउने आदेश दिएका कारण शनिबार साँझसम्म मात्र अमेरिकी एयरलाइन्सहरूले सप्ताहन्तभर दुई हजार ५०० भन्दा बढी उडान रद्द गरेका छन् । सरकारी बन्द कहिले अन्त्य हुने कुनै सङ्केत नदेखिएपछि देशका प्रमुख विमानस्थलहरूमा यात्रुहरू अलमलमा परेका ...