मुख्य समाचार
नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताए
नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताए

: नवगठित नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताएका छन्। भृकुीमण्डपमा आयोजित एकतामा सभामा सम्बोधन गर्दै उनले नेताहरूले आफ्नो गल्ती,कमजोरी भने सच्याउनुपर्ने बताए।



'नेपालमा कम्युनिष्ट पार्टी र नेताहरूको उपादेयता अझै सकेको छैन। नपालको राजनीतिमा सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको छ। आत्मकेन्द्रित चिन्तन ठूलो रोग भएको छ। इमानदारिताको अभाव छ। हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नुपर्छ। युवापस्ताको विश्वास जित्नुपर्छ,' उनले भने। उनले वामदेव गौतमको कुरा स्मरण गर्दै थपे, 'कुराले चिउरा भिज्नेवाला छैन। हामी कुरा गर्न र प्रचवन दिन सिपालु छौं। तर, रुपान्तरण गर्ने कुरामा धेरै पछाडि छौं।'


पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपालमात्र त्यस्तो देश रहेको, जहाँ कम्युनिस्टहरूले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको बताए। 'बृहत् वाम एकता निकै लोकप्रिय छ। तर, व्यवहार हेर्‍यो भने अब धेरै बाँकी देख्नुहुन्छ। बाँकी वामहरूसँग पनि एकताको प्रयास अवश्य गर्नेछौं। हामी सानो दायरमा बस्न चाहँदैनौं। बन्देज, आग्रह र पूर्वग्राह पनि राख्दैनौं। सबैलाई समेट्नेगरी गोलबद्ध गरेर हिंड्न चाहन्छौं,' उनले भने।



नेता नेालले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने बताए। 'हामी प्रतिगमनको दिशामा लैजाने प्रयत्नलाई विफल बनाउनेछौं,' उनले भने। सरकारसँग वार्तामा रहेका जेनजीहरूलाई पनि पार्टीमा भित्र्याएको बताउँदै उनले अन्य जेनजीहरूलाई पनि यो पार्टीमा आबद्ध हुन आह्वान गरे।

नेपालले नयाँ पार्टी घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको बताउँदै नेपाली जनताको आशा र भरोसाको केन्द्र यो पार्टी बन्ने बताए। उनले यो पार्टीमा आफूहरूको अग्नपरीक्षा पनि सुरू भएको बताए। 'जनतालाई हामीले विश्वास दिलाउनुपर्छ। यो पुरानै पार्टीको स्वरुप होइन। आफ्नै पार्टीहरूमा रहेका कमीकमजोरीको समीक्षा गरेर, गल्ती सुधार गरेर, परिवर्तनको सम्बाहक बनेर, क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी बनाएका छौं,' उनले भने।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै निष्पक्षरूपमा चुनाव हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायल रोजगारीका लागि आवश्यक मानिएको अंग्रेजी भाषा परीक्षा व्यवस्थापनमा देखिएको प्राविधिक समस्या, परीक्षार्थीको गुनासोपछि परीक्षा स्थगित गरिएको थियो । त्रिपुरेश्वरस्थित सीआईआईएन मार्फत सञ्चालन भइरहेको परीक्षा स्थगनसँगै १७ हजारभन्दा बढी नेपाली युवा प्रभावित भएका छन् । केयरगिभर (इजरायल) रोजगारीका लागि अनिवार्य गरिएको आधारभुत तहको अंग्रेजी भाषा प्रमाणपत्र (क्याम्ब्रिज अपस्किल्स इंग्लिस टेस्ट) अन्तर्गत परीक्षा दिएका परीक्षार्थीले व्यवस्थापन, शुल्क ...
। परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको जवाफ दिएका छन् । यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा नेपालले समेत भारको जमिन मिचेको भनेर अभिव्यक्ति दिएका थिए । त्यसदिन प्रधानमन्त्री बालेनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हरेरफेर गरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्यलाई अर्बौं नोक्सानी पुर्‍याएको आरोप लगाएका छन् । ‘बजेट निर्माण प्रक्रियासम्बन्धी सूचना चुहावट, करका दरमा हेरफेर तथा राज्यलाई अर्बौं रुपैयाँ राजस्व नोक्सानी पुग्ने सम्भावित विषयमा निष्पक्ष र विश्वसनीय संसदीय छानबिन समिति गठन गर्न तपाईंले सहयोग गर्नुहोस्’ शाहीले ...
। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा नदी क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गर्दा ‘क्रस बोर्डर अकुपेसन’ समस्या उत्पन्न भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे धारणा राख्दै परराष्ट्रमन्त्री खनालले यस्तो बताएका हुन् । ‘सम्मानीय प्रधानमन्त्री ज्युले संसद्मा प्रस्तुत गर्नुभएको विषय मूलत: दशगजा क्षेत्र अतिक्रमण र क्रसबोर्डर अकुपेसनसँग सम्बन्धित छन्,’ मन्त्री खनालले भने, ...
। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएका छन् । विपक्षीले प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने अडान राखे पनि अन्तिममा परराष्ट्रमन्त्रीले जवाफ दिने भएपछि विपक्षीले सदन चलाउन सहमति भएका थिए । आज बैठकमा मन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा क्षेत्रको विषयमा लक्षित भएको बताए । ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर ...