मुख्य समाचार
नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताए
नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताए

: नवगठित नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपालमा दल र नेताहरूको उपादेयता अझै नसकेको बताएका छन्। भृकुीमण्डपमा आयोजित एकतामा सभामा सम्बोधन गर्दै उनले नेताहरूले आफ्नो गल्ती,कमजोरी भने सच्याउनुपर्ने बताए।



'नेपालमा कम्युनिष्ट पार्टी र नेताहरूको उपादेयता अझै सकेको छैन। नपालको राजनीतिमा सबैभन्दा ठूलो रोग भ्रष्टाचार र कुशासन भएको छ। आत्मकेन्द्रित चिन्तन ठूलो रोग भएको छ। इमानदारिताको अभाव छ। हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्न सक्नुपर्छ। युवापस्ताको विश्वास जित्नुपर्छ,' उनले भने। उनले वामदेव गौतमको कुरा स्मरण गर्दै थपे, 'कुराले चिउरा भिज्नेवाला छैन। हामी कुरा गर्न र प्रचवन दिन सिपालु छौं। तर, रुपान्तरण गर्ने कुरामा धेरै पछाडि छौं।'


पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेपालमात्र त्यस्तो देश रहेको, जहाँ कम्युनिस्टहरूले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको बताए। 'बृहत् वाम एकता निकै लोकप्रिय छ। तर, व्यवहार हेर्‍यो भने अब धेरै बाँकी देख्नुहुन्छ। बाँकी वामहरूसँग पनि एकताको प्रयास अवश्य गर्नेछौं। हामी सानो दायरमा बस्न चाहँदैनौं। बन्देज, आग्रह र पूर्वग्राह पनि राख्दैनौं। सबैलाई समेट्नेगरी गोलबद्ध गरेर हिंड्न चाहन्छौं,' उनले भने।



नेता नेालले देशविरोधी, संविधानविरोधीसँग कुनै सम्झौता नगर्ने बताए। 'हामी प्रतिगमनको दिशामा लैजाने प्रयत्नलाई विफल बनाउनेछौं,' उनले भने। सरकारसँग वार्तामा रहेका जेनजीहरूलाई पनि पार्टीमा भित्र्याएको बताउँदै उनले अन्य जेनजीहरूलाई पनि यो पार्टीमा आबद्ध हुन आह्वान गरे।

नेपालले नयाँ पार्टी घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको बताउँदै नेपाली जनताको आशा र भरोसाको केन्द्र यो पार्टी बन्ने बताए। उनले यो पार्टीमा आफूहरूको अग्नपरीक्षा पनि सुरू भएको बताए। 'जनतालाई हामीले विश्वास दिलाउनुपर्छ। यो पुरानै पार्टीको स्वरुप होइन। आफ्नै पार्टीहरूमा रहेका कमीकमजोरीको समीक्षा गरेर, गल्ती सुधार गरेर, परिवर्तनको सम्बाहक बनेर, क्रान्तिकारी चरित्र बोकेका योद्धाहरूको पार्टी बनाएका छौं,' उनले भने।

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै निष्पक्षरूपमा चुनाव हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...