मुख्य समाचार
आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने
आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने

: नवगठित नेपाली कम्युनिष्ट पार्टीका स‌ंयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले १० घटक पार्टी एकतालाई ऐतिहासिक क्षण भएको बताए।



'तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन्। इतिहासमा ठूलो भूमिका खेलेका पात्र हौं हामी। अब यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन। कसैलाई टाउको दुखेको हुनसक्छ। कसैलाई निन्द्रा पनि नलागेको हुनसक्छ। तर, निन्द्रा नलागे नलागोस्,' प्रचण्डले भने.


उनले यो पार्टीमा आफूहरू नै पदमा बसिराख्नुपर्छ भन्ने नरहेको बताए। 'हामी यही पदमा बसिराख्न पर्छ भन्ने छैन भनेर माधवजीसँग कुरा गरेका छौं। हामीले विचारको निर्माण गर्दै नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्दै लैजान्छौं,' उनले भने।



उनले आफूहरूलाई गल्ती र कमजोरी सच्याउने विकल्प नरहेको स्पष्ट पारे। 'हामीलाई मृत्युसँग डर छैन। हामीलाई राष्ट्र बचाउने चिन्ता छ। हामीलाई लोकतन्त्र बचाउने चिन्ता छ। हामीलाई व्यक्तिगत केही पनि चिन्ता छैन। व्यक्तिगत केही रहँदा पनि रहेको छैन,' भावुक हुँदै प्रचण्डले भने।

null
उनले यो देश कम्युनिस्टहरूको मात्र नभएकाले सबै पार्टीहरूसँग संयुक्त मोर्चा बनाएर राष्ट्र बचाउने अभियानमा हातेमालो गर्न तयार रहेको बताए। 'दस पार्टीले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ। उहाँहरूको एउटै विचारले मेरो आत्मविश्वास झनै बढेको छ। यो नयाँ शक्ति निर्माण भएको पनि मैले मानेको छु। आजको दिन कहिल्यै नबिर्सिने इतिहास पनि बनेको छ। १० घटक मिलेको इतिहास नेपालमा अहिलेसम्म छैन। यो अभूतपूर्व र अविस्मरणीय छ,' उनले भने।

संयोजक दाहालले यो कम्युनिस्टहरूको एकतामात्र नभए राष्ट्रिय एकताको आधार तयार भएको बताए। उनले युवा जेनजीहरूको आन्दोलनले यो ऐतिहासिक दिन आएको बताए। 'जेनजी आन्दोलनले हामीलाई राम्रोसँग घोच्यो। हाम्रो कमजोरीलाई राम्रोसँग उजागर गरिदिनुभयो। भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा जसरी उहाँहरूले आवाज उठाउनुभयो। म प्रत्यक्ष र परोक्षरूपमा आजको एकता र नेताहरूको संकल्पका पछाडि जेनजी आन्दोलन र जेनजी सहिदको भूमिका रहेको पाएको छु। यो सम्मान हामी उहाँहरूाई दिन चाहन्छौं। त्यस्तो नभएको भए हामीलाई सच्चिने अवसर मिल्ने थिएन। आज एकता हुने सम्भावना पनि रहने थिएन,' उनले भने।

उनले जेनजीसँग लगातार संबाद भइरहेको बताउँदै यो पार्टीले युवाको भावना र आवश्यकतालाई पार्टी र राज्य संरचनामा पनि उच्च प्राथमिकता दिने संकल्प गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एमालेका पूर्व उपाध्यक्ष भीम रावल माओवादी केन्द्र, एकीकृत समाजवादी र साना दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा जाने भएका छन् । एमालेले ‘कारबाही’ गरेपछि ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’ गठन गरेका उनी नयाँ नेकपामा सामेल हुने भएका हुन् । नयाँ नेकपाका एक नेताका अनुसार बुधबार राष्ट्रिय सभा गृहमा रावलको मातृभूमि राष्ट्रिय ...
— मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सोमबार रक्कीप्रसाद साहले प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई प्रतिवादी बनाई रिट दर्ता गराएका हुन् । रिटमाथि छलफलको लागि सर्वोच्च अदालतले मंगलबार तारिख तोकेको छ । संविधानको धारा १६८ को उपधारा (२) जीवित हुँदाहुँदै संविधान उल्लंघन भएको हुनाले रिट दिएको निवेदक साहले ...
— जेन-जी आन्दोलनको भोलिपल्ट २४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको लुटपाट, तोडफोड र आगजनीबाट २४ करोड ५ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीमा दिएको जाहेरीअनुसार टंगालस्थित केन्द्रीय कार्यालयका भवन, सवारी साधन, कम्प्युटर/ल्यापटप, फर्निचर, सोलारलगायत संरचनामा भएको तोडफोड/आगजनी र लुटपाटबाट २४ करोड ५ लाख १६ हजार २ सय १ ...
— प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र बनाउन नहुने धारणा राखेकी छन्। कोषको सोमबार बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताएकी हुन्। कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास ...
— इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गत भदौ २४ गते दमकको इलाका प्रहरी ...