मुख्य समाचार
आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने
आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने

: नवगठित नेपाली कम्युनिष्ट पार्टीका स‌ंयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरूको पार्टीलाई एक नम्बर बन्नबाट कसैले रोक्न नसक्ने बताएका छन्। भृकुटीमण्डपमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले १० घटक पार्टी एकतालाई ऐतिहासिक क्षण भएको बताए।



'तपाईंहरूले ताली बजाए अनुमोदन गर्नुभएको संयोजक र सहसंयोजक मामुली मात्र होइनन्। इतिहासमा ठूलो भूमिका खेलेका पात्र हौं हामी। अब यो पार्टीलाई एक नम्बर बन्न कसैले रोक्न सक्दैन। कसैलाई टाउको दुखेको हुनसक्छ। कसैलाई निन्द्रा पनि नलागेको हुनसक्छ। तर, निन्द्रा नलागे नलागोस्,' प्रचण्डले भने.


उनले यो पार्टीमा आफूहरू नै पदमा बसिराख्नुपर्छ भन्ने नरहेको बताए। 'हामी यही पदमा बसिराख्न पर्छ भन्ने छैन भनेर माधवजीसँग कुरा गरेका छौं। हामीले विचारको निर्माण गर्दै नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्दै लैजान्छौं,' उनले भने।



उनले आफूहरूलाई गल्ती र कमजोरी सच्याउने विकल्प नरहेको स्पष्ट पारे। 'हामीलाई मृत्युसँग डर छैन। हामीलाई राष्ट्र बचाउने चिन्ता छ। हामीलाई लोकतन्त्र बचाउने चिन्ता छ। हामीलाई व्यक्तिगत केही पनि चिन्ता छैन। व्यक्तिगत केही रहँदा पनि रहेको छैन,' भावुक हुँदै प्रचण्डले भने।

null
उनले यो देश कम्युनिस्टहरूको मात्र नभएकाले सबै पार्टीहरूसँग संयुक्त मोर्चा बनाएर राष्ट्र बचाउने अभियानमा हातेमालो गर्न तयार रहेको बताए। 'दस पार्टीले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ। उहाँहरूको एउटै विचारले मेरो आत्मविश्वास झनै बढेको छ। यो नयाँ शक्ति निर्माण भएको पनि मैले मानेको छु। आजको दिन कहिल्यै नबिर्सिने इतिहास पनि बनेको छ। १० घटक मिलेको इतिहास नेपालमा अहिलेसम्म छैन। यो अभूतपूर्व र अविस्मरणीय छ,' उनले भने।

संयोजक दाहालले यो कम्युनिस्टहरूको एकतामात्र नभए राष्ट्रिय एकताको आधार तयार भएको बताए। उनले युवा जेनजीहरूको आन्दोलनले यो ऐतिहासिक दिन आएको बताए। 'जेनजी आन्दोलनले हामीलाई राम्रोसँग घोच्यो। हाम्रो कमजोरीलाई राम्रोसँग उजागर गरिदिनुभयो। भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा जसरी उहाँहरूले आवाज उठाउनुभयो। म प्रत्यक्ष र परोक्षरूपमा आजको एकता र नेताहरूको संकल्पका पछाडि जेनजी आन्दोलन र जेनजी सहिदको भूमिका रहेको पाएको छु। यो सम्मान हामी उहाँहरूाई दिन चाहन्छौं। त्यस्तो नभएको भए हामीलाई सच्चिने अवसर मिल्ने थिएन। आज एकता हुने सम्भावना पनि रहने थिएन,' उनले भने।

उनले जेनजीसँग लगातार संबाद भइरहेको बताउँदै यो पार्टीले युवाको भावना र आवश्यकतालाई पार्टी र राज्य संरचनामा पनि उच्च प्राथमिकता दिने संकल्प गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तरराष्ट्रिय आगमन तथा प्रस्थान विवरण (भ्रमण विवरण) नागरिक एपमार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाइएको जनाएको छ। प्रेस विज्ञप्तिअनुसार यो व्यवस्था लागू ...
। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ । कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले १० दिन भित्र आवश्यक कागजातसहित सूचना दिन सकिने बताएको छ । कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र पर्यटन क्षेत्रमा न्यूनतम १० वर्ष अनुभव भएको हुनुपर्ने शर्त ...
। प्रधानमन्त्री बालेन शाह ‘बालेन्द्र’ ले २४ सेप्टेम्बर (८ असोज)मा संयुक्त राष्ट्रसंघको ८१ औं महासभालाई सम्बोधन गर्ने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् । ‘संयुक्त राष्ट्रसंघको ८१ औं महासभाको ‘हाई लेभल जनरल डिबेट’ २२–२८ सेप्टेम्बरसम्म न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा हुनेछ,’ सचिव राईले भने, ‘महासभाको जनरल ...
। विपद्‌मा खाना पकाउने ग्यासमा तोकिएभन्दा बढी मूल्य लिएर बिक्री गर्ने जोकोहीलाई कानुनी कारबाही गर्न ग्यास विक्रेता महासंघ नेपालले सरकारसँग माग गरेको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो । लामो समयदेखि मुलुकमा ग्यास अभाव भइरहेकोमा पछिल्लो समय भोटेकोशीमा आएको भीषण बाढीले थप समस्या निम्त्याएको ...
। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका ...