मुख्य समाचार
नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन
नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन

: नेपाली खेलकुदमा हालः सबैभन्दा चर्चामा रहेको खेल हो, क्रिकेट। गत महिना ओमानमा भएको इस्ट एसिया तथा एसिया प्यासीफीक क्षेत्र छनोटमा अपराजित रहँदै विश्वकप छनोटको उपाधि जितेको नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन।



प्रशिक्षक स्टुर्अट लले नेपाली क्रिकेटको प्रशिक्षण सम्हालेपछि नेपालले आइसीसी विश्वकप लिग २ को पहिलो शृंखलामा राम्रो खेलेको थियो। उनको आगमनपश्चात् नेपाली क्रिकेटले केही महिनामै २ राम्रो उपलब्धि दियो। वेष्ट इन्डिज सिरिजमा जित र विश्वकप छनोटमा उपाधि। उनले ‘मलाई हार्न मन पर्दैन’ भन्थे। तर, लिग २ को यो शृंखला भने उनको भनाइ विपरीत भयो।


टी-२० विश्वकप छनोटको खेलमा अपराजित रहँदै नेपालले आइसीसीको एक ऐतिहासिक उपाधि जितेको थियो। उक्त प्रदर्शनपछि नेपाल एकदिवसीय क्रिकेट फर्म्याटको लिग २ को शृंखला खेल्न युएई पुग्यो। युएईको वातावरणमा नेपाली टिमले वेष्ट इन्डिजसँगको सिरिज जितेको थियो। भलै, मैदान र पिच भने लिग २ को खेलका लागि फरक थिए। तर, नेपाली खेलाडी लामो समयदेखि क्रिकेटमा नै व्यस्त थिए। यसको आधारमा हेर्ने हो भने, युएईमा भएको यो शृंखलामा नेपालले एक खेल पनि जित्न नसक्नु कहीँ न काँही चिन्ताको विषय हो। यसले एकदिवसीय मान्यता तथा यसको भविष्यको बारेमा प्रश्नचिन्ह छोडेको छ।



लिग २ को हालको तालिकामा ८ टिममा नेपाल सातौं स्थानमा छ। २० खेल खेल्दै नेपालले ५ जित, १३ हार र २ बराबरीसहित १२ अंक जोडेको छ। यो शृंखलाबाट कम्तीमा २ खेल जितेको खण्डमा नेपाललाई आगामी सिरिज खेल्न सहज हुने थियो। तर, नतिजा अपेक्षाकृत भएन।

नेपाल लगातारको हार्नुको कारण?
नेपाली टिम लिग २ अगाडि निकै उत्कृष्ट फर्ममा थियो। जित निकाल्दा राम्रो देखिनु र हार्दा टिममा खोट निकाल्नु भन्दा पनि नेपाली टोलीको पछिल्लो समय एकदिवसीय फर्म्याटमा देखाउन नसकेको एकरुपता हो। ब्याटिङ चलेको खेलमा बलिङ चल्दैन, बलिङ चल्दा ब्याटिङमा समस्या देखिन्छ। तर, नेपालको हालको चासो भने ब्याटिङमा नै छ। नेपालको पछिल्लो ४ खेलको तथ्यांक हेर्ने हो भने शीर्ष ४ मा ब्याटिङ गर्ने खेलाडीले सोचे अनुरुपको प्रदर्शन दिन सकेका छनैन्।

कप्तान रोहित पौडेलले युएईमा भएको शृंखलाको दोस्रो खेलमा घरेलु टोलीविरुद्ध शतक प्रहार गरे। त्यसबाहेक आसिफ शेखले ३ खेलमा दोहोरो अंक बनाए। अर्का ओपनर कुशल भुर्तेलले १ खेलमा मात्रै दोहोरो अंक बनाउँदै पेभेलियन फर्किएका थिए। भीम सार्की ३ खेलमा सम्हालिएर खेल्न खोजे, तर इनिङ्स लामो भने लैजान सकेनन्।

नेपालको मध्य क्रमको ब्याटिङमा एकदिवसीय क्रिकेटको खम्बा भनेर चिनिने आरिफ शेखको ब्याटले यसपटक आफ्नो पहिचान बनाएन। गुल्सन झा उदीयमान प्रतिभा र आशलाग्दो खेलाडीको रुपमा हेरिन्थे। उनले ३ खेलमा खासै फरक नपार्दा चौथो तथा अन्तिम खेलमा ‘ड्रप’ भए। कुशल मल्लले लिग २ को युएई शृंखलामा अन्तिम खेलमा मौका पाए। उनले ४५ रन बनाए। एकतर्फबाट विकेट जाँदा उनले सानो साझेदारी बनाउने कोसिस गरे। अन्तिम खेलमा २०० को आँकडा पुर्‍याउन उनले सम्हालिएको पारी खेले। सातौं ब्याटरको रूपमा क्रिजमा आएका कुशलले एकदिवसीय क्रिकेटमा पाएको एकमात्र खेलमा प्रदर्शन पनि गरे।

टी-२० फर्म्याटमा राम्रो खेल्ने दीपेन्द्र सिंह ऐरीले यस सिरिजको अमेरिकासँगको दोस्रो खेलमा नेपालको ब्याटिङ राम्रै सम्हाले। उनले ७५ रन बनाएका थिए। उनले ४ खेलमा नै ब्याटिङबाट मध्यम प्रदर्शन गरे। करण केसीले अमेरिकासँगको खेलमा ४९ रनको स्वार्थविहीन रन बनाउँदै नेपाललाई २७१ रन बनाउन मद्धत गरे। यो एकमात्र खेल थियो, जसमा नेपालले २५० माथिको रन बनाएको थियो।

नेपालको फिल्डिङमा समस्या
फर्म्याट परिवर्तन भएसँगै यसमा खेल्ने तौरतरिका पनि फरक हुन्छन्। तर, कौशल र सिप भन्ने चिज खेलाडीको गहना हो। लामो समय क्रिकेटको अनुभव लिएका खेलाडीले टी-२० बाट एकदिवसीयको मोमेन्टममा छिटो सिफ्ट हुन सक्नुपर्छ। नेपालको टी-२० र एकदिवसीयको फरक टिम संरचना छैन। तर, केही खेलाडी भने परिवर्तन भए। नेपालले टी-२० विश्वकप छनोटको टिमबाट लोकेश बम, सन्दीप जोरा र आदिल आलमलाई बाहिर राख्दै भीम सार्की, अनिल शाह र शाहब आलमलाई लिग २ को टिममा समावेश गरेको थियो। जसमध्ये भीमले चारै खेल खेले भने अनिल र साहबले भने एक खेलमा पनि आफ्नो प्रदर्शन देखाउन पाएनन्। लिग २ को युएईमा सकिएको शृंखलामा ललित राजवंशी अघिल्ला तीन खेलमा विकेटविहीन थिए। अन्तिम खेलमा युएईसँग एक विकेट लिएका ललितको प्रतिस्थापन सायद शाहब आलम हुन सक्थे। उनले एक खेलमा पनि मौका पाएनन्। त्यस्तै मध्यक्रममा भीम अथवा आरिफको स्थानमा अनिल शाहले मौका बनाउन सक्थे। तर, यी दुवै खेलाडीको परीक्षण नै भएन।

टी-२० विश्वकप छनोटको खेलहरूमा एक यस्तो भाष्य बनिसकेको थियो, जहाँ नेपालले पहिले ब्याटिङ गरेर जतिसुकै रन बोर्डमा बनाए पनि त्यो बलिङ र फिल्डिङको माध्यमबाट जोगाउँछ र जित्छ भन्ने आशा पलाएको थियो। नेपालको फिल्डिङको प्रशंसा निकै भयो। नेपालका बलरहरूले पनि टी-२० फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरे। तर, त्यो प्रतियोगितामा पनि नेपालको समग्रमा ब्याटिङले भने लोभ्याएको होइन।

केही लामो फर्म्याटको खेल भएका कारण नेपाली ब्याटरहरूले केही सम्हालिएर संयमताका साथ खेल्नुपर्ने थियो। नेपालको बलिङ प्रदर्शनले यो शृंखलामा आफ्नो दबदबा छोड्न सकेन। नेपालका स्पिनर सन्दीप लामिछानेले हरेक खेलमा विकेट लिए। उनको प्रदर्शन मा सायदै प्रश्न उठ्ला! करण केसी केही हदसम्म सफल रहे। फास्ट बलिङमा नन्दन यादवले पनि केही सम्भावना देखाए। उनीसँग त्यति लामो एकदिवसीय अन्तर्राष्ट्रिय फर्म्याटको अनुभव छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम