मुख्य समाचार
सरकारका नाममा कारण देखाउ आदेश
सरकारका नाममा कारण देखाउ आदेश

— सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।


कामु प्रधानन्यायाधीश हरिप्रसाद फुयाल र न्यायाधीश अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार जारी गरेको आदेशमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

'यसमा मिति २०८२/०६/०५ मा गठन भएको जाँचबुझ आयोगका अध्यक्ष वा सदस्यले के, कुन उद्देश्य र आसयसहित निवेदनसाथ पेस भएका निजहरुका धारणाहरु सार्वजनिक भएका हुन भन्ने सम्बन्धमा निजहरुको लिखित जवाफमा खुल्ने नै देखिँदा तथा जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३(२) बमोजिम गठन भएको देखिन्छ,' आदेशमा भनिएको छ, 'जाँचबुझ आयोगको निवेदकको प्रकृति र क्षेत्राधिकारलाई हेर्दा आयोगका पदाधिकारीहरुले जाँचबुझ गर्नुपर्ने विषयमा अग्रीम धारणा व्यक्त गरेको भएमा संविधानको धारा २०(९) को प्रयोग र अभ्यासको सम्बन्धमा के, कस्तो असर पर्दछ तथा प्राकृतिक न्यायको सिद्धान्तअनुसार कुनै छानबिन, जाँचबुझ तथा प्रशासकीय वा न्यायिक प्रकृतिको कार्य गर्दा पूर्वधारणा व्यक्त गरेको अवस्थामा पूर्वाग्रहको सिद्धान्त आकर्षित हुने हो वा होइन धारणा निर्माण गर्न आवश्यक देखिएको छ ।'
.
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसमेतलाई विपक्षी बनाई सो आयोगविरुद्ध विपिन ढकालले दायर गरेको उक्त रिट निवेदनमा पूर्वाग्रही र विषयवस्तुबारे तटस्थ नभएको भन्ने उल्लेख छ ।


आदेशमा भनिएको छ, 'अदालतले इजलाससमक्ष अन्तरिम आदेश जारी गर्ने/नगर्ने सम्बन्धमा पेस भएको देखिँदा प्रस्तुत विषयको अन्तरवस्तु हेर्दा अन्तरिम आदेश माग गरेको विषय पूर्ण सुनुवाइबाट निरुपण गर्नुपर्ने प्रकृतिको देखिएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन ।'

उक्त घटनामा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सो रिट निवेदन दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...
: सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो। खानी विभागसँग सिमाना ...
— नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको ...
: तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो। कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर ...