मुख्य समाचार
नेकपा एकीकृत समाजवादीको एकतापछि प्रस्तावित ‘नेपाली कम्युनिस्ट पार्टी’ ले २३ बुँदे प्रतिबद्धता जारी गर्दै संघीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको संख्या घटाउने जनाए
नेकपा एकीकृत समाजवादीको एकतापछि प्रस्तावित ‘नेपाली कम्युनिस्ट पार्टी’ ले २३ बुँदे प्रतिबद्धता जारी गर्दै संघीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको संख्या घटाउने जनाए

— माओवादी, नेकपा एकीकृत समाजवादीको एकतापछि प्रस्तावित ‘नेपाली कम्युनिस्ट पार्टी’ ले २३ बुँदे प्रतिबद्धता जारी गर्दै संघीयता बलियो बनाउन प्रदेशका प्रतिनिधिहरूको संख्या घटाउने जनाएको छ ।


नेता देव गुरुङले एकता घोषणासभामा २३ बुँदे प्रतिबद्धता प्रस्तुत गरेका थिए । ती प्रतिबद्धतामा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।

‘संविधानको रक्षा, संघीयताको सबलीकरण र प्रदेश जनप्रतिनिधिको संख्या घटाइने छ,’ गुरुङले जानकारी दिए ।
अन्य प्रतिबद्धताहरूमा सुशासनका लागि निरन्तर प्रयत्न रहने, उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गरी दोषीलाई कारबाही गर्ने, राज्यको सेवा प्रवाह छिटो छरितो, आधारमूत सेवामा जनतालाई जोड्ने, सबै खालेका शोषण दमन अन्त्य गर्न संघर्षरत रहने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।


त्यस्तै पार्टीमा आन्तरिक लोकतन्त्र स्थापना गर्न आवश्यक विधि बनाउने, पार्टीमा सबै नेताहरू उत्पादन र श्रम कार्यमा संलग्न हुने, कम्युनिस्ट आचरणको कडाइका साथ लागू गर्ने र सादा जीवनशैली अवलम्बन पार्टीको प्रतिबद्धता छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...
: सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो। खानी विभागसँग सिमाना ...
— नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको ...
: तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो। कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर ...