— नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अझै पार्टी र नेताको उपादेयता नसकिएको बताएका छन् । उनले पार्टी एकतासभामा अझै पार्टी र नेताको आवश्यकता भएको बताए ।
‘पार्टी र नेताको उपादेयता सकिएको होइन । आशा र भरोसा जगाउनुपर्ने छ,’ उनले पार्टीहरुमा अझै रोग भएको बताए, ‘ठूलो रोग आत्मकेन्द्रित चिन्तन भएको छ । इमान्दारिताको अभाव छ, त्याग तपस्याको भावना कम छ ।’