मुख्य समाचार
पाल्पाको सत्यवतीमा चिच्च्याएर बर माग्ने धार्मिक मेला
पाल्पाको सत्यवतीमा चिच्च्याएर बर माग्ने धार्मिक मेला

: पाल्पाको सत्यवतीमा आज चिच्च्याएर बर माग्ने धार्मिक मेला लागेको छ। सत्यवती बजैले कान नसुन्ने भएकाले चिच्च्याएर बरदान माग्नु परेको बुढापाकाको भनाई छ।

सत्यवती बजैसँग चिच्च्याएर मागेको वरदान पुरा हुने भन्दै टाढाबाट भक्तजनहरू मन्दिरमा पुग्ने गरेका छन्। सत्यवती बजैसँग रातिमा मात्र चिच्च्याएर बरदान माग्ने प्रचलनलाई पछिल्लो समय दिउँसो पनि माग्ने गरिएको छ।


सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनहरूले तालको वरिपरि घुम्दै चिच्च्याएर वरदान माग्ने गर्दछन्। सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुरदर्शीको दिन सत्यवती बजैलाई सम्झेर बासको लिङ्गो गाडी चिच्च्याएर वरदान माग्ने र अर्को दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचलन रहँदै आएको छ। तर केही वर्षदेखि हरिबाेधनी एकादशीदेखि पूर्णिमासम्म दिनरात मेला लाग्दै आएको छ। सत्यवती बज्यै धार्मिक मेलामा ३ लाखभन्दा भक्तजनहरू आएर चिच्च्याएर बर मागेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर गाँहाले बताए।



भक्तजनले मागेका कुराहरू सत्यवती बजैले पुरा गरिदिने जनविश्वासको आधारमा राँगा, कुखुरा, हास, बोकाको बली दिने, त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ। सत्यवती मन्दिरमा चिच्च्याएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत बागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजन आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...
: सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो। खानी विभागसँग सिमाना ...
— नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको ...
: तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो। कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर ...