मुख्य समाचार
धान काट्ने कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु
धान काट्ने कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु

— धान काट्ने कम्पाइनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–२ राजीपुरका करिब ७१ वर्षीय तारासिंह हमाल बुधबार दिउँसो कम्पाइनको ठक्करबाट मृत्यु भएको हो ।


घटना भएको खबर पाएपछि घटनास्थलतर्फ गइरहेका गेरुवा गाउँपालिका–२ का वडा अध्यक्ष कृष्ण थारुले जानकारी दिए ।

गेरुवा गाउँपालिका–२ को पाताभार पक्की सडक खण्डमा धान काटेर फकिंदै गरेको कम्पाइनले दिउँसो साढे २ बजे साइकलमा सवार हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्र कुमार बुढाथोकीले बताए।

‘दुर्घटनामा घाइते भएका हमाललाई उपचारका लागि राजापुर नगर अस्पतालमा तत्काल पुर्‍याइएको थियो,’ प्रहरी निरीक्षक बुढाथोकीले भने, ‘उपचारको क्रममा उहाँको मृत्यु भएको खबर प्राप्त भएको छ।’

कम्पाइन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...
: सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो। खानी विभागसँग सिमाना ...
— नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको ...
: तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो। कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर ...