मुख्य समाचार
वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने प्रस्ताव
वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने प्रस्ताव

— नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेका छन् ।


बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले वर्तमान शासन प्रणालीमा सधैं ६–६ महिनामा वा महिनामहिनामा सरकार परिवर्तन हुने भएकाले मुलुकलाई अगाडि बढाउन प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक भएको बताए ।

उनले समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता पनि जोड्दै भने, 'यो सधैं ६/६ महिनामा सरकार परिवर्तन हुने, महिनामहिनामा सरकार परिवर्तन हुने प्रणाली समाप्त गरेर मात्र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्छ। साथै पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्छ। त्यसो भयो भने मात्र मुलुक अगाडि बढ्न सक्छ। मेरो विनम्र अनुरोध छ–यो प्रस्ताव पारित गरिदिनुहोस्, जनता यसलाई समर्थन गर्न तयार छन्।'

नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरूले अनिवार्य रूपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था पनि हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...
: सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो। खानी विभागसँग सिमाना ...
— नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको ...
: तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो। कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर ...