मुख्य समाचार
अन्तिम खेलमा यूएईसँग पराजित हुँदा लिग २ मा नेपालको जितविहीन शृङ्खला
अन्तिम खेलमा यूएईसँग पराजित हुँदा लिग २ मा नेपालको जितविहीन शृङ्खला

: आइसीसी विश्वकप लिग २ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ।



दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो। नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै २४३ रनसहित लक्ष्य पूरा गरेको हो।


यूएईका लागि चौथो विकेटका लागि मोहम्मद वसिम र मुहम्मद सहदादले १४७ रनको सतकीय साझेदारी गर्दै यूएईको लागि जितको आधार बनाएका थिए।



यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ९६ रनको पारी खेले। उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
ओपनर तथा कप्तान अलिशान सराफू १८ रनमा पेभेलियन फर्किदा मुहम्मद सहदादले क्रिज सम्हाल्दै यूएईको लागि उत्कृष्ट पारी खेले। उनलाई साथि दिएका मोहम्मद वसिमले ७३ बलमा ४ चौका र ३ छक्कासहित ७६ रन बनाए। जहिद अलि ५ र ध्रुव परासर २ रनमा अविजित रहे।

नेपालका लागि करण केसीले ३ विकेट लिँदा, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालको लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा ४ चौका प्रहार गरे।

ओपनर कुशल भुर्तेल १.५ ओभरमा २ रनमा विकेट किपरको हातमा क्याच हुँदा नेपालका लागि भीम सार्की र आसिफ शेखले निकै सम्हालिएर खेलेका थिए। यी दुई ब्याटरले दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए। १७.४ ओभरमा आसिफ शेख ३४ रन बनाउँदै रन आउट भए। यसपछि भने नेपालले ब्याटिङको मोमेन्टम खलबलिएको थियो।

चौथो क्रममा आएका कप्तान रोहित पौडेल २ रन बनाउँदै पेभेलियन फर्किए। त्यसपछि पाँचौँ विकेटको लागि दीपेन्द्र सिंह ऐरीले आरिफ शेखसँग ४९ रनको साझेदारी गरे। दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाउँदै रनआउट भए।

आरिफ शेखले ३० रन बनाए। कुशल मल्लले आवश्यक परेको बेला टिमलाई एक इन्डबाट सम्हाल्दै ४५ रन बनाए। उनले नवौं विकेटको लागि सन्दीप लामिछानेसँग ४२ रनको साझेदारी गर्दै ४९.५ ओभरमा बोल्ड भए। अन्तिम विकेटको रूपमा क्रिजमा आएका ललित राजवंशीले अन्तिम बलमा चौका हान्दै अविजित रहे। उनीसँगै सन्दीप लामिछाने १५ रनमा अविजित रहे।

यूएईका लागि बलिङतर्फ जुनैद सिद्धकी, ध्रुव परासर र मुहम्मद जवादुल्लाहले समान २–२ विकेट लिए। जाहिद अलिले १ विकेट लिए।

नेपालले यस अघिको लगातार ३ खेल हारेको थियो। पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनले पराजित भएको थियो। दोस्रो खेलमा यूएईसँग ५ विकेट र तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
: विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चार टोलीको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगमा लगातार दोस्रो जित निकाल्दै पुलिस र न्यु डायमन्ड एक खेल अगावै फाइनलमा पुगेका हुन् । बिहीबार भएका दुवै खेलमा पुलिस र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम