मुख्य समाचार
उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको बताएका छन्
उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको बताएका छन्

— नवगठित नेपाली कम्युनिष्ट पार्टीका उपसंयोजक माधवकुमार नेपालले नेपाली राजनीतिको मुख्य समस्या भ्रष्टाचार र कुशासन रहेको बताएका छन् ।


बुधबार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सामाजिक न्याय र समानताको लक्ष्यका लागि माओवादीसहितका दलहरूसँग पार्टी एकता गर्नुपर्ने उल्लेख गरे । वर्तमान राजनीतिक प्रणालीमा जिम्मेवारीभन्दा पदको मोह बढी रहेको र नेताहरूमा इमान्दारी, त्याग तथा तपस्याको कमी रहेको उनको टिप्पणी थियो।

उपसंयोजक नेपालले भने, 'नेपाली राजनीतिको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो, कुशासन हो। राजनीतिको अर्को ठूलो रोग आत्मकेन्द्रित चिन्तन हो। जिम्मेवारी पूरा नगरी पद ओगट्ने, ठूला ओहोदामा पुग्ने चाहना राख्ने तर जिम्मेवारी पूरा नगर्ने यो मुख्य समस्या हो। इमान्दारीको अभाव छ, त्याग–तपस्याको कमी छ। त्यसैले हामीले आफ्नो आचरण र व्यवहारबाट जनताको विश्वास जित्नुपर्छ। नयाँ पुस्तामा विश्वास जगाउनुपर्छ।'

उपसंयोजक नेपालले नयाँ पुस्तामा विश्वास र आशा जगाउन, देश निर्माणका कमजोरी सुधार्न र समाजवादी मोर्चालाई सँगसँगै अघि बढाउन पार्टी प्रतिवद्ध रहेको बताए। उनले विभिन्न घटकका कार्यकर्तालाई उत्साहित गर्न र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...
: सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो। खानी विभागसँग सिमाना ...
— नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको ...
: तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो। कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर ...