मुख्य समाचार
तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ
तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ

: तराई–मधेशमा १५ दिनसम्म मनाइने समाचकेवा पर्व गएरातिदेखि सकिएको छ। मध्यरातिमा दाजुभाइले माटोले निर्मित समाचकेवाको मूर्तिलाई तिघ्रामा राखी फुटाएपछि समाचकेवा पर्व सकिएको हो।



कात्तिक पूर्णिमाका मध्यरातिमा तराई–मधेशका लगातार १५ दिनसम्म रातिको समयमा खेलिने समाचकेवा पर्व गएरातिदेखि सम्पन्न भएको छ। मिथिलान्चलमा छोरीको बिदाइ गर्ने हरेक विधि अपनाएर मध्यरातिमा समाचकेवासँग सम्बन्धित सामग्रीलाई पायक पर्ने खाली खेतमा लगेर विसर्जन गरिएको हो।


समाचकेवा फुटाउने स्थानमा दिदीबहिनीले च्युरा तथा गुणले फाड भराएका थिए। सो क्रममा दाजुभाइले दक्षता अनुरूप उपहार तथा नगद रकम कोसेली स्वरूप दिने गर्छन्। दाजुभाइलाई उनीहरूले मिष्ठान परिकार खुवाएका थिए।



बुधबार साँझ समूहगत रूपमा गाउँको चौवटियामा ढाकीमा रंगिविरंगी समाचकेवाको मूर्तिसहित भेला भएका दिदीबहिनीले मध्यरातिसम्म लोकगीतमार्फत आ–आफ्ना दाजुभाइको बखान गरेका थिए। सोही गीतमार्फत उनीहरूले दाजुभाइको सौर्य, दीर्घायु र प्रगतिको कामना गरेका थिए।

दिदीबहिनी तथा दाजुभाइको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले कार्तिक शुक्लपक्षको पञ्चमी तिथि अर्थात् छठ पर्वको खरनाका दिनदेखि सुरु भएको यो पर्व पूर्णिमाको मध्यरातिमा विधिवत् रूपमा समापन गरिन्छ।

यस्तो छ पौराणिक गाथा
द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंङ्गलमा घुमघामगर्न जाँदा ऋषिसँग रमन गरेको झुटो कुरा सेविका डिहुलीले कृष्ण समक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएपछि सामाका भाइ साम्बले सो सुन्नासाथ दिदी सामालाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेका पुराणमा उल्लेख छ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउ थालिएको महिलाहरूले बताएका छन्।

एक–अर्का प्रसंङ्गमा द्वापर युगमा भगवान श्रीकृष्णले आफ्नो बाल्यकाल गोकुलमा बिताई मथुरामा आएपछि राधिका र भगवान कृष्णका १६ हजार गोपिनीहरूले भगवान कृष्णको सम्झनामा मनाउने समाचकेवा कालान्तरमा दाजु बहिनीको प्रेम र सदभावको मौलिक पर्वमा रूपान्तरित भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मृत्यु जितेर आएको उल्लेख गर्दै आफूहरुलाई नतर्साउन चेतावनी दिएका छन् । आफू सच्चिनुको विकल्प नभएको उल्लेख गर्दै आशा स्थापना गर्नुपर्ने बताए । ‘हामी सच्चिनुको कुनै विकल्प छ । जस्तोसुकै त्याग तपस्या गर्नुको कुनै विकल्प छैन । लाखौँ जनताको आशा यहाँ परेको छ । हामी आशा र सपना पूरा गर्न ...
: सरकारले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रहेको संरचना र मालसामान जफत गर्ने तयारी गरेको छ । आज सूचना जारी गदै नेपाल स्काउटले खड्का ल्यान्ड डेभलपमेन्ट प्रा.लि.लाई ७ दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको जनाएको छ । खड्का ल्यान्ड डेभलपमेन्ट प्रालि निवर्तमान उर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको हो। खानी विभागसँग सिमाना ...
— नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन् । ‘जने-जी आन्दोलनले विशेष परिस्थिति खडा गर्‍यो । नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन । संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् । अब कम्युनिस्ट एक ...
— नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले १० कम्युनिस्ट घटक मिलेर पार्टीको संयोजकको ठूलो भारी बोकाएको बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा उनले नेपाली कम्युनिस्ट आन्दोलनमा यो एकता ऐतिहासिक भएको बताए । ‘मलाई संयोजकको रुपमा १० घटकको ठूलो भारी, जिम्मेवारी दिनु भएको छ,’ उनले भने, ‘मलाई विशेष हर्ष र गर्वको महसुस भएको छ । सबैको ...
— नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गतेको प्रदर्शनमा माओवादीले हिंसा र तोडफोड मच्चाउन भूमिका खेलेको आरोप लगाएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायरसाइड’मा रूपेश श्रेष्ठसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओली प्रधानमन्त्री भएका बेला संसद‍्मा उभिएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले यो देश बंगलादेश बन्छ भनेर घोषणा गरेको पृष्ठभूमिमा कुरा ...