मुख्य समाचार
निर्वाचित भएको पहिलो दिन नेपाली रेष्टुरेन्टमा म:म खाए मम्दानीले
निर्वाचित भएको पहिलो दिन नेपाली रेष्टुरेन्टमा म:म खाए मम्दानीले

— अमेरिकी शहर न्युयोर्कको नगरप्रमुख निर्वाचित भएका भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न नेपाली रेष्टुरेन्ट छानेका छन् ।


बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन् । ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, घोषणा, बैठक र थप कुराकानी भए,’ उनले लेखेका छन्, ‘तर, यी सबैमाझ महत्वपूर्ण चाहिँ ज्याक्सन हाइट्सस्थित लालीगुराँस बिस्ट्रोमा हाम्री सांसद एओसीसँगको लन्च बैठक रह्यो ।’

सन् २००८ मा खुलेको सो रेस्टुरेन्ट नेपाली बाहुल्य क्षेत्र ज्याक्सन हाइट्समा नेपाली समुदायमाझ चर्चित छ । आफ्नो चुनाव प्रचार अभियानका क्रममा पनि मम्मदानी र एओसी दुवैले न्यु योर्कका नेपाली समुदायलाई लक्षित गर्दै नेपाली भाषामा पोस्ट गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसङ्घको नयाँ प्रतिवेदनले अफगानिस्तानमा एक दशकभन्दा लामो समयसम्म जारी सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदनअनुसार सन् २००९ को जनवरीदेखि २०२१ को अगस्ट मध्यसम्म कम्तीमा ४० हजार सर्वसाधारणको मृत्यु भएको छ भने ७७ हजारभन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घीय अफगानिस्तान सहायता मिसन (युनामा)ले मङ्गलबार सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित ...
। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका इस्लामावाद एमओयूअनुसार आफ्नो जिम्मेवारी निभाउन तयार भए इरान पछि सम्झौता लागु गर्न शीघ्र सुरु गर्ने बताएका छन् । मंगलबार सांघाई शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘इरान र अमेरिकाबीच इस्लामावाद एमओयूमा अमेरिकी राष्ट्रपतिको पनि दस्तखत थियो,’ उनले भने, ‘तर, यो दस्तावेजप्रति अमेरिकाले दुई हप्ता भन्दा पनि कम समय ...
। नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको जलस्रोत मन्त्रालयले जनाएको छ। चिनियाँ सञ्चारमाध्यम सीसीटीभी न्युजले मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो। सीसीटीभीका अनुसार, दक्षिण-पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको ग्यिरोङ (केरुङ) काउन्टीमा आएको लेदोसहितको ...
। अमेरिकी सेनाका सेक्रेटरी ड्यान ड्रिस्कलले करिब १८ महिनासम्म उक्त पदमा रहेपछि राजीनामाको घोषणा गरेका छन्। उनले पद छाड्न लागेको अमेरिकी मिडिया साझेदार सीबीएसले पुष्टि गरेको छ। सीबीएसका अनुसार, ड्रिस्कल र रक्षामन्त्री पिट हेगसेथबीच महिनौँदेखि मतभेद र टकराव चलिरहेको थियो। ड्रिस्कल हालसम्मकै सबैभन्दा कम उमेरका आर्मी सेक्रेटरी हुन्। उनलाई प्रायः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ड्रोन म्यान’ भनेर चिनिन्छ। ह्वाइटहाउसले ...
। रूसले किएभ लगायत वरपरको क्षेत्रमा गरेको ड्रोन तथा ब्यालेस्टिक मिसाइल आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको युक्रेनले मङ्गलबार बताएको छ। मस्कोले पछिल्लो समयममा किएभमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, आक्रमणको साढे चार वर्ष भन्दा लामो समय पछि अमेरिकी मध्यस्थतामा वार्ता प्रक्रिया जारी छ भने क्रेमलिनले युद्ध अन्त्य गर्न आफ्नो ...