मुख्य समाचार
रवि लामिछानेले जाँचबुझ आयोगको बयानमा के-के भने ?
रवि लामिछानेले जाँचबुझ आयोगको बयानमा के-के भने ?

— रास्वपा सभापति रवि लामिछानेले जेन–जी घटना जाँचबुझ आयोगलाई करिब सात घण्टा बयान दिएका छन्। २४ भदौमा नख्खु कारागारमा भएको घटनाबारे आफ्ना भनाइ राखेका हुन्। करिब १ बजे बयानका लागि पुगेका लामिछाने साँझ ७ बजेमात्र फर्केका थिए।


पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँग जेलमा भएको आन्दोलनदेखि किन फर्कियौ भन्नेसम्मका प्रश्न आयोगले सोधेको थियो। उनलाई धेरै प्रश्न पत्रहरूबारे सोधिएको थियो। लामिछानेलाई जेलबाट बाहिर निकाल्न कारागारले दिएको भनी एक पत्र सार्वजनिक भएको थियो। उक्त पत्रले लामिछाने झन् विवादमा मुछिएका थिए।

पत्रबारे नख्खु कारागारका प्रमुख सत्यराज जोशीले आफूले तयार पारेको नभई जबरजस्ती हस्ताक्षर गराएको बयान दिएका थिए। यसबारे पनि आयोगले प्रश्न सोधेको थियो। जवाफमा लामिछानेले आफू कारागारबाट बाहिर निस्कनासाथ सार्वजनिक भएको पत्रबारे थाहा पाएको भन्दै बयान दिएका छन्। उनले पत्र कारागार प्रशासनले नै तयार गरेको हुनसक्ने दाबी मात्र गरेको आयोगका एक सदस्यले बताए।

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन गरिएको आयोगमा पुगेका उनले सबैतिर भीडभाड र हुलदंगा भए पनि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको बयानका क्रममा बताएका छन्।

कारागार असुरक्षित भएकाले सबैलाई परिवारको जिम्मा लगाउने निर्णय भएर आफूलाई पनि कार्यकर्ताको जिम्मा लगाइएको दाबी गरे। उनले आफू सधैं कानुन पालना गर्ने पक्षमा भएकाले जेल फर्किएको दाबी गरे।


कारागारबाट बाहिर निस्कने बेलासम्म आफूलाई पत्रबारे कुनै जानकारी नभएको भन्दै उनले पछि मात्र त्यसबारे जानकारी पाएको जिकिर गरे।

‘कारागार प्रशासनले नै मलाई परिवार र रास्वपा नेताहरूको जिम्मा लगाएर छाडेको हो,’ रविले बयानमा भने, ‘म निस्कने बेलामा जेलरलाई नभेटेको हुँ, त्यस्तो अवस्थामा अरू केही पनि थाहा नभएको हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रास्वपाकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिमा नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने गरेको बताएकी छन्। उनले परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता भएको बताएकी छन्। रास्वपा परित्याग गर्दै नयाँ दल गठनको तयारीमा रहेकी श्रेष्ठले पुराना दलहरु रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता ...
— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संस्थापक नेता बाबुराम भट्टराईले ‘वैकल्पिक राजनीतिक शक्ति निर्माण’ का लागि छलफल गरेका छन् । माओवादीसँग एकतामा नगई ‘प्रतिगतिशील अभियान’ सुरु गर्ने नेता जनार्दन शर्मा, सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी आर्याल, नेसपा (नयाँ शक्ति) की दुर्गा सोब, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, उज्याले नेपालका गणेश घिसिङ ...
— सीमावर्ती भारतीय राज्य बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । विहारमा विधानसभाको निर्वाचन ६ नोभेम्बर अर्थात आजबाट सुरु भइसकेको छ । ११ नोभेम्बर अर्थात २५ कात्तिकमा त्यहाँ दोस्रो चरणको निर्वाचन भइरहेकाे छ । उक्त निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ ...
: नेकपा एकीकृत समाजवादीबाट छुट्टिएकी नेतृ रामकुमारी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकी छन्। झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ बिहीबार भक्तपुरस्थित ओली निवास पुगेका हुन्। एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन्। नेता बस्नेतका अनुसार एमालेले कात्तिक २४ गते घर फर्किने कार्यक्रम आयोजना गर्दैछ। राष्ट्रियसभा गृहमा आयोजना ...
— सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका लागि ११ बजेदेखि खेलाडी भएका थिए, तर उनीहरूलाई मूल गेटमै रोकिएको थियो । नेपाल फुटबल खेलाडी संघले कम्प्लेक्सभित्र प्राङ्गणमा गएर आफ्नो कुरा राख्न मागे पनि एन्फाले त्यसलाई रोकेको थियो ...