मुख्य समाचार
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार

— मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार भएको छ । मेक्सिकी सहरमा नागरिकहरुसँग कुराकानी गरिरहेका बेला भीडबाट आएका एक पुरुषले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् ।


राष्ट्रपति शेनबाउमले ती पुरुषविरुद्ध मुद्दा दायर गरेकी छिन् । मादक पदार्थ सेवन गरी आफूलाई दुर्व्यवहार गरेको घटनामा मुद्दा दायर गर्दै उनले यस घटनालाई ‘सबै महिलामाथिको आक्रमण’ भनेकी छिन् ।

मेक्सिको सिटीका मेयर क्लारा ब्रुगाडाका अनुसार दुर्व्यवहारमा संलग्न पुरुषलाई पक्राउ गरिएको छ । अहिले ती पुरुष यौन अपराध अनुसन्धान ईकाइको हिरासतमा छन् ।

भिडियो फुटेज अनुसार घटना मंगलबार भएको थियो । मेक्सिको सहरमा शेनबाउनमले नागरिकहरुसँग कुरा गरिरहेका बेला भीडबाट छिरेर एक पुरुषले उनको स्तन छोएको र त्यसपछि चुम्बन गर्ने प्रयास गरेको देखिन्छ ।
.
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी)का अनुसार राष्ट्रपति शेइनबाउममाथि यौन दुर्व्यवहारको घटना राजधानीको ऐतिहासिक डाउनटाउन क्षेत्रमा भएको हो ।

राष्ट्रपति शेनबाउमले तत्काल फर्केर ती पुरूषको हात आफ्नो काँधबाट हटाउँछिन् । उनले शान्तपूर्वक, हाँसेरै उनको सामना गर्छिन् । त्यसपछि सरकारी अधिकारी त्यहाँ आएर राष्ट्रपतिको छेउबाट ती पुरूषलाई हटाएका थिए ।

त्यसपछि पनि उनले राष्ट्रपतिको नजिक गएर कुरा गर्ने प्रयत्न गरेका थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसका अनुसार त्यति भइसक्दा पनि राष्ट्रपतिको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी त्यहाँ उपस्थित थिएनन् ।

केही छिनपछि त्यहाँ आएका सुरक्षाकर्मीहरूले ती पुरूषलाई पक्राउ गरेका थियो।

यो घटनापछि सामाजिक सञ्जालहरुमा आक्रोश उत्पन्न भएको छ । सार्वजनिक जीवनमा महिलाहरुमाथि हुने उत्पीडन र सुरक्षाको विषयमा फेरि चर्चा सुरु भएको छ ।

मेक्सिको सिटी प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्तिले सोही दिन अन्य दुई महिलाहरुमाथि पनि दुर्व्यवहार गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनाव चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले ...
। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने ...
: म्यानमारका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि क्यार मो टुनले आफ्नो देशका नागरिकले भोगिरहेको पीडा अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग भावुक अपिल गरेका छन् । राष्ट्रसङ्घमा सम्बोधन गर्ने क्रममा उनले म्यानमारको सङ्कटप्रति विश्व समुदाय मौन बसेको भन्दै त्यसलाई तोड्न र पीडित नागरिकलाई सहयोग गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरे । अन्तर्राष्ट्रिय समुदायले म्यानमारका जनतालाई पटक-पटक निराश बनाएको उनको भनाइ थियो ...
। स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ । म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे ...
: इजरायलको संसदीय निर्वाचनको प्रारम्भिक नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब पार्टीहरूले चुनाव ‘चोरी’ गरेको आरोप लगाउँदै छानबिनको माग गरेका छन्। तर, अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टले आरोप अस्वीकार गरेको छ । अक्टोबर २९ को प्रारम्भिक विवरणअनुसार ९३ प्रतिशतभन्दा बढी मतगणना हुँदा नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । ...