मुख्य समाचार
ओलीलाई भेट्न गुण्डु पुगे रामकुमारी झाँक्री र किसान श्रेष्ठ
ओलीलाई भेट्न गुण्डु पुगे रामकुमारी झाँक्री र किसान श्रेष्ठ

: नेकपा एकीकृत समाजवादीबाट छुट्टिएकी नेतृ रामकुमारी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकी छन्। झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ बिहीबार भक्तपुरस्थित ओली निवास पुगेका हुन्।



एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन्। नेता बस्नेतका अनुसार एमालेले कात्तिक २४ गते घर फर्किने कार्यक्रम आयोजना गर्दैछ। राष्ट्रियसभा गृहमा आयोजना हुने उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेका नेताहरू एमालेमा फर्किने बताइएको छ।


नेता बस्नेतका अनुसार ५० जनाभन्दा बढी नेताहरू ओलीलाई भेट्न गुण्डु पुगेका थिए। उक्त भेटघाटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बाघ जति सुन्दर छ, त्यति नै दुर्लभ । शक्तिशाली भए पनि अनुशासित मानिने पाटेबाघको पाँचौं राष्ट्रिय गणना पुस १ देखि सुरु हुँदै छ । देख्दा मनमोहक र आकर्षक बाघको संख्या यकिन गर्न यसपटक मुलुकभर व्यवस्थित वैज्ञानिक विधिबाट गणना गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी कोरिडोरलाई तीन ...
अग्निले छाडे ओलीको साथ, सचिवमा दिए स्वतन्त्र उम्मेदवारी
— काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताएका छन् । काठमाडौं महानगरपालिकाले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहमा उनले दुई खर्ब मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताएका हुन् । मेयर शाहले आफूहरू निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ ...
— एमाले नेता योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताएका छन् । सोमबार पार्टीको महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता भट्टराईले अहिलेको अवस्थामा एमाले जनतातिर नभई नेतातिर फर्किएको उल्लेख गर्दै जनतातिर फर्काउनुपर्ने आवश्यकता रहेको पनि बताए । उनले पार्टीलाई जनतातिर फर्काउँदै पार्टीको आन्तरिक ...
— नेपाली वस्तुको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनको लागि चीनको केन्द्रशासित छोङछिङमा पहिलो पटक नेपाल पेभेलियन खुल्ने भएको छ । यससम्बन्धी एमओयूमा चिनियाँ र नेपाली पक्षबीच शुक्रबार हस्ताक्षर भएको हो । छिमेकी सिचुवान प्रान्तबाट नेपाली महावाणिज्य दूतावासका कर्मचारी, नेपाल पर्यटन बोर्ड र छोङछिङ नगरपालिका, यु चोङ जिल्लाका कर्मचारीहरूलगायतको उपस्थितिमा नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराई र छोङछिङ ...